इलाम । रोङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को पौष १४ गतेसम्म ६९ लाख ९६ हजार २ सय ८१ रुपैया राजस्व संकलन गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी राजस्व गाउँपालिकाको केन्द्रीय कार्यालय र पाथिभरा मन्दिरबाट बाट संकलन भएको छ ।
कार्यालयबाट ५० लाख ५५ हजार ४ सय १८ रुपैया २४ पैसा अर्थात ७२.२६ प्रतिशत संकलन भएको छ । पाथिभरा मन्दिरमा संकलन भएको भेटी समितिले पारदर्शीता कायम गर्न नसकेपछि गाउँपालिकाले ऐन बनाएर नै स्वामित्वमा लिएपछि संकलन भएको रकमलाई कार्यालयको राजस्वमा नै देखाउँदै आएको छ ।
वडागत रूपमा हेर्दा ३ नम्बर वडा कार्यालयबाट सबैभन्दा बढि राजस्व संकलन भएको देखिन्छ । वडा नं ३ ले ५ लाख ५१ हजार २ सय १७ रुपैया ८७ पैसा अर्थात ७.८८ प्रतिशत संकलन गरेको छ । वडा नं २ ले ३ लाख ३३ हजार ६ सय ८० रुपैया ९० पैसा अर्थात ४.७७ प्रतिशत राजस्व संकलन गरेको छ ।
वडा नं ६ ले ३ लाख १७ हजार २० रुपैया २२ पैसा अर्थात ४.५३ प्रतिशत संकलन गरेको छ । वडा नं ५ ले २ लाख ९८ हजार ६ सय ९२ रुपैया १९ पैसा अर्थात ४.२७ प्रतिशत राजस्व संकलन गरेको छ । वडा नं १ ले २ लाख ७३ हजार ५८ रुपैया ७३ पैसा अर्थात ३.९० प्रतिशत राजस्व संकलन गरेको छ ।
सबैभन्दा कम वडा नं ४ ले १ लाख ६७ हजार १ सय ९३ रुपैया ७६ पैसा संकलन गरेको छ ।