Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको जहाज धावनमार्गबाट चिप्लियो

चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको जहाज धावनमार्गबाट चिप्लियो

  • सन्देश सम्वाददाता
  • शुक्रबार, पौस १८ २०८२


चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको जहाज धावनमार्गबाट चिप्लियो

झापा । बुद्ध एयरको जहाज चन्द्रगढी – भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ । अवतरणका क्रममा जहाज धावनमार्गभन्दा करिब २०० मिटर बाहिर खोल्सीतर्फ चिप्लिएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार जहाज खोल्सीमै गएर रोकिएको छ । दुर्घटनामा जहाजमा सवार यात्रु तथा चालक दलका सदस्यहरू सबै सुरक्षित रहेको र कुनै पनि अप्रिय घटना नभएको प्रहरीले जानकारी दिएको छ ।

घटनापछि सुरक्षा सतर्कता अपनाउँदै आवश्यक प्राविधिक तथा अनुसन्धान कार्य अघि बढाइएको छ । विमानस्थलको उडान–अवतरण अवस्था र दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार