Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकामा १० करोडको तटबन्ध आयोजना

माई नगरपालिकामा १० करोडको तटबन्ध आयोजना

  • सन्देश सम्वाददाता
  • बुधबार, पौस १६ २०८२


माई नगरपालिकामा १० करोडको तटबन्ध  आयोजना

फिक्कल । माई नगरपालिकामा करिब १० करोड रुपैयाँ लागतमा तटबन्ध  आयोजना निर्माण हुने भएको छ । नेपाल सरकार, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभाग सिँचाई तथा जलश्रोत व्यवस्थापन आयोजना गैँडे झापा मार्फत टेन्डर आहवान गरिएको हो ।

माई नगरपालिका–७ लक्ष्मीखोला दोभान, माई–६ रिखुवावेशी मागुना सेतिखहरे, माई–८ कोदोबारी, माई–२ चेप्टी टोल, सिमले टोल क्षेत्रलाई समेट्ने गरी सञ्चालन हुन लागेको यो आयोजनाबाट सयौं कृषक प्रत्यक्ष लाभान्वित हुनेछन् । आयोजनाका लागि करिब १० करोड ३१ लाख ६४ हजार २४३ रुपैया ४२ पैसा बजेट सुनिश्चित भइसकेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार उक्त योजना अन्तर्गत तटबन्ध संरचना निर्माण भई कटान रोकिनेछ  यसले खेतीयोग्य जमिनमा कटान रोकिएर उत्पादन वृद्धिमा गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । विशेषगरी धान, मकै, तरकारी तथा नगदे बाली खेतीमा यसले ठूलो योगदान दिने अपेक्षा गरिएको छ ।

माई नगरपालिकाले आयोजना कार्यान्वयनका लागि संघीय सरकार, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, सम्बन्धित विभाग, आयोजना प्रमुख तथा प्राविधिक टोलीप्रति आभार व्यक्त गरेको छ । साथै, स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय र नागरिकको सहयोगले आयोजना सफल हुने विश्वास व्यक्त गरिएको छ ।

नगर प्रमुख खम्बा सिं लिम्बूले आयोजनाले माई नगरपालिकाको कृषि योग्य क्षेत्रमा कटान रोकि उत्पादन वृद्धि मात्र नभई किसानको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताए । “स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै कृषिलाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो,” उनले भने । यस आयोजनाले माई नगरपालिकालाई कटान रोकि कृषि उत्पादनको केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।

* तटबन्ध हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको

प्रतिक्रिया
सम्बन्धित समाचार