- रास्वपा र काठमाडौँ महानगरबीचको सहमतिपछि रवि लामिछानेका दाजु हरिशरणले खुसी व्यक्त गरे।
- उनले काठमाडौँ महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने सम्भावना रहेको बताए।
- हरिशरणले दुई भाइको सम्झौताप्रति सम्मान व्यक्त गर्दै मेयर पदको दाबी प्रस्तुत गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच सात बुँदे सहमति भएकोमा रवि लामिछानेका दाजु हरिशरण लामिछानेले खुसी व्यक्त गरेका छन् । साथै उनले काठमाडौँ महानगरपालिकाको भावी मेयरमा आफ्नो दाबी रहने सङ्केत गरेका छन् ।
उनले काठमाडौँ महानगरमा आफ्नो स्वतन्त्र उम्मेदवारी रहने सम्भावना रहेको उल्लेख गरेका हुन् । उनले लेखेका छन्– ‘दुई भाइको सम्झौताप्रति सम्मान र खुसी व्यक्त गर्दै काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा मेरो ुस्वतन्त्र उम्मेदवारीु रहने प्रबल सम्भावना रहेको जानकारी गराउँदछु।’
