Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

रोङमा गौरी लामा उत्कृष्ट विद्यार्थी पुरस्कार वितरण

रोङमा गौरी लामा उत्कृष्ट विद्यार्थी पुरस्कार वितरण

  • गोविन्द पौडेल
  • शनिबार, पौस १२ २०८२


रोङमा गौरी लामा उत्कृष्ट विद्यार्थी पुरस्कार वितरण

इलाम । शिक्षा सचेतक स्व. गौरी लामाको स्मृतिमा स्थापना गरिएको गौरीलामा उत्कृष्ट विद्यार्थी पुरस्कार अन्तर्गत यस वर्ष तीन जना छात्रा पुरस्कृत भएका छन् । रोङ गाउँपालिका–६ द्वारा स्थापना गरिएको उक्त पुरस्कारबाट चालु शैक्षिक सत्रमा वडाभित्रका सामुदायिक विद्यालयहरूमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।

यस वर्ष मोतिराम माध्यमिक विद्यालयकी प्रतिक्षा गहतराजले ३.५९ जिपिएसहित प्रथम स्थान, सरस्वती माध्यमिक विद्यालयकी विन्ध्या प्रधानले ३.४९ जिपिएसहित दोस्रो स्थान र मोतिराम माध्यमिक विद्यालयकै विमला गहतराजले ३.४७ जिपिएसहित तृतीय स्थान हासिल गर्दै पुरस्कार प्राप्त गरेकी हुन् ।

पुरस्कारस्वरूप प्रथमलाई नगद २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिएको थियो। रोङ गाउँपालिका–६ का वडाध्यक्ष सत्यम राई चौरासेको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा शिक्षासेवि दल बहादुर मोक्तान, वडाभित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

शिक्षाको विकासमा महत्वपूर्ण योगदान पु¥याएका स्व. गौरीलामाले भारतमा शिक्षा हासिल गरी विभिन्न स्थानमा सेवा गरेका थिए । उनले राणा शासनकालमा विसं २००४ सालमा रोङ–६ को सलकपुरमा हालको मोतिराम माध्यमिक विद्यालय स्थापना गरेका थिए । सोही योगदानको सम्मानस्वरूप प्रत्येक वर्ष उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने परम्परा निरन्तरता दिइँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार