Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

लागुऔषध सहित इलामका सन्देश र टेक बहादुर पक्राउ

लागुऔषध सहित इलामका सन्देश र टेक बहादुर पक्राउ

  • सन्देश सम्बाददाता
  • शुक्रबार, पौस ११ २०८२


लागुऔषध सहित इलामका सन्देश र टेक बहादुर पक्राउ
  • AI ImaAGE

इलाम । लागुऔष सहित इलामको माई नगरपालिका–१ का सन्देश राई र टेक बहादुर लिम्बु पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरले चेकजाँचको क्रममा राई लिम्बुबाट ५ ग्राम १०० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी बिर्तामोड–८ की साहारा श्रेष्ठलाई ३ ग्राम ४० मिलिग्राम सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट पुस १० गते प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित १० जनालाई पक्राउ गरेको थियो । चेकजाँचकै क्रममा लागु औषध नियन्त्रण ब्युरो काकरभिट्टाले कनकाई नगरपालिका–५ की सम्झना श्रेष्ठलाई ३ ग्राम ७ सय ८० मिलिग्राम र पाँचथर याङबरक–१ का हरी प्रसाईलाई प्रतिबन्धित औषधी ५ सय ४५ ट्याब्लेट सहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय राजगढले भारत बिहारका मो.नाजिरलाई २ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी मोरङको इलाका प्रहरी कार्यलय पथरीले पथरीशनिश्चरे–२ का निरज गुरुङ र सुमता राईलाई ७ सय २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । सुनसरीको वडा प्रहरी कार्यालय धरानले धरान–७ का संसार थापा र सन्देश लिम्बुलाई प्रतिबन्धित औषधी ट्रामाडोल ५ सय ७० पिस ट्याब्लेट र स्पासपेन ५ सय ५० क्याप्सुल सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय धरानले धरान उप–महानगरपालिका–६ पानबारी स्थितमा डब्लु बी ०२ एए –१४०२ नम्बरको कारबाट बेबारिसे अवस्थामा राखेको १ सय ८० किलोग्राम गाँजा बरामद गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार