Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

  • सन्देश सम्वाददाता
  • शुक्रबार, पौस ११ २०८२


देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
  • तराईका धेरै स्थानहरूमा हुस्सु लाग्ने र कतिपय स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको छ।
  • हुस्सु र कुहिरोका कारण हवाई यातायात, सडक यातायात र दैनिक जनजीवनमा असर पर्न सक्नेछ।

इलाम । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय तथा बाँकी तराई भूभागमा मध्यान्नसम्म कुहिरोको समेत सम्भावना रहेको छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । सबै प्रदेशका पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली रहनेछ ।

देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार