Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम क्षेत्र नम्बर १ मा आर बि राईको चर्चा, के एकल सिफारिस होलान् ?

इलाम क्षेत्र नम्बर १ मा आर बि राईको चर्चा, के एकल सिफारिस होलान् ?

  • सन्देश सम्बाददाता
  • बिहिबार, पौस १० २०८२


इलाम क्षेत्र नम्बर १ मा आर बि राईको चर्चा, के एकल सिफारिस होलान् ?
इलाम । एमाले र काग्रेसको सरकार जेजी आन्दोलनले अपदस्त भएपछि आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएको छ । निर्वाचनको मिति नजिकिदैँ गर्दा नेपाली कम्युनिष्ट पार्टीले पुष ११ गतेसम्म उमेद्धवारको सिफारिस गर्न निर्देशन दिएको छ ।
धेरै जिल्लामा नेपाली कम्युनिष्ट पार्टीले आफ्ना उमेद्धवार सिफारिस गरेपनि इलाममा बाँकी छ । इलाममा पार्टीले २० गते एकता सन्देश सभा गर्दैछ । त्यसअघिनै उमेद्धवार सिफारिस गर्नुपर्ने बाध्यताले पार्टीका नेताहरु उमेद्धवार सिफारिसमा आन्तरिक छलफलमा छन् । पार्टीका नेताहरुबिच इलामका दुई निर्वाचन क्षेत्रमध्ये इलाम क्षेत्र नम्बर १ मा पूर्व एकिकृत समाजवादीका उमेद्धवारलाई टिकट दिने र क्षेत्र नम्बर २ मा पूर्व नेकपा माओवादी केन्द्रको तर्फका उमेद्धवारलाई टिकट दिने आन्तरिक सहमति गरेको पाइन्छ ।
त्यसै क्रममा इलाम क्षेत्र नम्बर १ नेपाली कम्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालको क्षेत्र भएकाले चर्चा चुलिएको छ । झलनाथ खनाल २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका तत्कालिन जिल्ला अध्यक्ष महेश बस्नेतसँग पराजीत भएपछि यो क्षेत्रमा अहिले सूर्योदय नगरपालिकाका प्रमुख रणबहादूर राई (आर बि) को चर्चा चुलिएको छ । पूर्व पार्टी नेकपा एकिकृत समाजवादीका जिल्ला र केन्द्रियस्तरका नेताहरुबिच छलफलमा रहेको यो बिषय अहिले सूर्योदय नगरपालिका भित्र मात्रै नभएर पुरै इलाम क्षेत्र नम्बर १ मा चर्चाको बिषय बनेको हो । उनी एकताको घटक नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष हुन् ।
पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले जिल्लाबाट आफ्नो पनि नाम सिफारिस गर्न सुझाव दिएपनि प्रत्यक्षतर्फ चुनाव लड्ने मनस्थिति नबनाएको सचिवालय श्रोतले बतायो । त्यसकारण पनि रणबहादूर राईको चर्चा शुरु भएको हो । सूर्योदय नगरपालिका–४ निवासी रणबहादूर राई २०७४ मा नेकपा एमालेको तर्फबाट नगर प्रमुखमा टिकट पाएपछि भारी मतले बिजयी भएका थिए ।
२०७४ को प्रदेश र संघीय निर्वाचनमा  एमाले र माओवादी केन्द्रको सहकार्यसँगै एकतापछि प्रधानमन्त्री केपि ओलीबाट संसद विगठन हुँदा पार्टी भित्रका अनेक अन्तरसंघर्षपछि बनेको नेकपा एकिकृत समाजवादीमा उनी लागेका थिए । २०७९ को स्थानीय तहमा एमाले बाहेकका दलहरुको गठबन्धनमा नगरप्रमुख जितेका राईलाई पार्टीमा ठुलै राजनीतिक समिकरण परिवर्तन नभए प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र नम्बर १ को टिकट पाउने निश्चित जस्तै छ । त्यसैले नेपाली कम्युनिष्ट पार्टीका युवा नेताहरुले रणबहादूर राईको मात्रै नाम प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि सिफारिस गर्नुपर्नेमा जोड दिँदै आएका छन् । यस कुरामा पूर्व एकिकृत समाजवादी मात्रै नभएर पूर्व माओवादी पार्टीका नेताहरुले पनि आफ्नो पूर्व पार्टीको माथिल्लो निकायमा प्रष्ट पुरा राखेका छन् ।
पूर्व माओवादीका जिल्ला स्तरीय एक नेताले भने–‘पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई उमेद्धवारमा जिल्लाबाट सिफारिस गर्नुपर्छ,तर वहाँलाई समानुपातिकमा एक नम्बर राखेर संसदमा उपस्थिति गराउँदा राम्रो । उनी भन्छन्–‘जेन्जि आन्दोलनपछि परिस्थिति बदलिएको र जनताको माग युवा उमेद्धवारको भएकाले सूर्योदय नगरपालिका प्रमुख रणबहादूर राई नै एक मात्र विकल्प हो ।’ तर नगर प्रमुख राई भने आफ्ना विश्वासिला सहयोगीसँग यस बिषयमा छलफल गरिरहेका छन् । श्रोत भन्यो–‘छलफलका क्रममा पार्टीमा सबैको सहयोग भए आफु तयार भएको समेत बताएको बुझिएको छ ।’ नेपाली कम्युनिष्ट पार्टीको गतिविधि नजिकबाट नियालेका इलाम सदरमुकाम निवासी एक वुद्धिजिवी भन्छन्–‘पछिल्लो आन्दोलन र जनताको माग अनुसार वहाँ (रणबहादूर राई) लाई टिकट दिए नतिजा निकाल्न सजिलो हुनेछ ।’ स्थानीय तहको निर्वाचन २०८४ को बैशाखमा हुने भएकाले फागुन २१ मै प्रतिनिधिसभाको निर्वाचन हुँदा सुर्योदय नगरपालिकाको निति निर्माणमा नगर प्रमुख राई नभएपनि फरक नपर्ने उनले बताए । नगरपालिकाले अब एउटा मात्रै बजेट ल्याउने भएकाले नगरले लिएका निति परिर्वन नहुने र पार्टीलाई ठुलो क्षति नहुने उनले बताए ।
२०७४ मा नेकपा एमालेबाट सूर्योदय नगरपालिकाको नगर प्रमुखमा टिकट लिने छलफलदेखि रणबहादूर राईको गतिविधि नजिकबाट नियालेका एक पत्रकार भन्छन्–‘फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनका लागि सूर्योदय नगरप्रमुख रणबहादूर राईलाई दिनु उचित हुनेछ ।’ चुनावमा नतिजा निकाल्न सक्ने पात्रहरु धेरै भएपछि उनी नै उपयुक्त पात्र भएको ती पत्रकारले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार