Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना

माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना

  • सन्देश सम्वाददाता
  • बिहिबार, पौस १० २०८२


माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना

फिक्कल : इलामको माईजोगमाई गाउँपालिकामा पहिलो पटक सोधपुछ तथा सहायता कक्षको स्थापना गरिएको छ । गाउँपालिकाले प्रवाह गर्ने सेवा सम्बन्धमा सेवाग्राहीलाई सहजिकरण गर्ने गरी सहायता कक्षको स्थापना गरिएको हो ।

माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबे , उपाध्यक्ष प्रविना राई, प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले संयुक्त रुपमा सहायता कक्षको उद्घाटन गरेका थिए ।

सहायता कक्षाको स्थापना पश्चात कुन सेवा कहाबाट कसरी प्राप्त हुने भन्ने जानकारी सेवा ग्राहीलाई जानकारी प्राप्त हुने भएकोले सेवा प्राप्त गर्न अलमल हुनु पर्ने अवस्थाको समाधान भई सेवाग्राहीलाई सेवा प्राप्त गर्न र सेवा प्रदायकलाई सेवा प्रवाह गर्न समेत सहज हुने पालिकाले जनाएको छ ।

उक्त सेवाले सेवाग्राही र सेवा प्रदायक बिचमा सुमधुर सम्बन्ध समेत स्थापित हुने भएकोले माईजोगमाई गाउँपालिकामा सहायता कक्षको स्थापना गरीएको गाउँपालिका अध्यक्ष थेवेले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार