Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एमाले इलामले पाँच जनाको नाम समानुपातिक सिफारिस

एमाले इलामले पाँच जनाको नाम समानुपातिक सिफारिस

  • सन्देश सम्वाददाता
  • बिहिबार, पौस १० २०८२


एमाले इलामले पाँच जनाको नाम समानुपातिक सिफारिस

इलाम : आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले इलाम जिल्ला कमिटीले समानुपातिक उम्मेदवारको सिफारिस सूची सार्वजनिक गरेको छ ।

निर्वाचन तयारीलाई तीव्र बनाएको एमाले इलामले ५ जनाको नाम केन्द्रमा पठाएको हो । जिल्ला कमिटीका अनुसार सिफारिसमा देबेन्द्र विश्वकर्मा, तारा गुरुङ, सकुन्तला लेप्चा, रिपल राई र कृष्ण श्रेष्ठको नाम समावेश गरिएको छ ।

एमालेले देशभरै समानुपातिक सूची तयार गर्ने प्रक्रिया अघि बढाइरहेको अवस्थामा इलामबाट सिफारिस भएको यो सूची अन्तिम स्वीकृतिका लागि पार्टी केन्द्रीय समितिमा जानेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार