Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण

कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण

  • सन्देश सम्वाददाता
  • बिहिबार, पौस १० २०८२


कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण

फिक्कल : कन्याम चिया बगानका श्रमिकलाई लक्षित गरी कन्याममा १ दिने निःशुल्क आँखा शिविर संचालन गरिएको छ । शिविरमा ३६ जना बिरामीलाइ औषधी तथा २२ जना आँखाका बिरामीलाई निःशुल्क चस्मा वितरण गरिएको हो ।

नेपाल नेत्र ज्योती संघ इलामको आयोजना तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोग र कन्याम चिया बगानको सहकार्यमा कार्यक्रम सम्पन्न गरीएको संघका इलाम जिल्ला सचिव प्रकाश भट्टराईले जानकारी दिए ।

शिविरमा फिक्कल सर्जिकल सेन्टर प्रमुख पुस्कार झा, बिराटनगर आँखा अस्पताल रानीबाट आएका प्राविधिक तवसुम सेखको ४ सदस्य चिकित्सकको टोलीले सेवा प्रदान गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार