फिक्कल । सूर्योदय नगरपालिका–११ को गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षमा राजस्व संकलन घटेको छ । आर्थिक बर्ष ०८१/८२ र आर्थिक बर्ष ०८२/८३ को ५ महिनाको संकलित राजस्व तुलनामा गर्दा १ लाख ७ हजार ६ सय २८ रुपैयाले राजस्व संकलनमा कमी आएको हो ।
गत आर्थिक बर्षमा वडाले १४ लाख ३० हजार २ सय ३९ रुपैया राजस्व संकलन गरेकोमा चालु आर्थिक बर्षमा १३ लाख २२ हजार ६ सय १० रुपैया मात्र राजस्व संकलन हुन पुगेको छ । आर्थिक बर्षको पहिलो महिना साउनमा नै राजस्व संकलनमा उल्लेख्य मात्रमा घटेकाे छ ।
गत आर्थिक बर्षमा ४ लाख ११ हजार ६ सय १५ रुपैया ४० पैसा संकलन भएकोमा चालु आर्थिक बर्षमा १ लाख ३१ हजार ३ सय ३२ रुपैया घटेर २ लाख ८० हजार २ सय ८३ रुपैया ४० पैसा मात्र संकलन भएको थियो । भदौ महिनामा राजस्व संकलनमा बृद्धि आएको छ ।
गत आर्थिक बर्षमा २ लाख ५३ हजार ६ सय १९ रुपैया संकलन भएकोमा चालु आर्थिक बर्षमा १ लाख १६ हजार ५ सय १७ रुपैया ३० पैसा बृद्धि भई ३ लाख ७० हजार १ सय ३६ रुपैया ३० पैसा पुगेको छ । असोज महिनामा समेत राजस्व वढेको छ ।
वडा कार्यालयको तथ्यांकमा गत आर्थिक बर्षमा २ लाख ७४ हजार ९ सय ७७ रुपैया संकलन भएकोमा चालु आर्थिक बर्षमा ३ लाख ४७ हजार ८ सय ८ रुपैया ७० पैसा संकलन भएको देखिन्छ । कार्तिक महिनामा राजस्व संकलनमा गिरावट आएको छ । गत आर्थिक बर्षमा १ लाख ६६ हजार २०२ रुपैया राजस्व संकलन भएकोमा चालु आर्थिक बर्षमा ९३ हजार ३ सय ३८ रुपैया संकलन भएको छ ।
मंसिर महिनामा ९२ हजार ७ सय ८१ रुपैयाले राजस्वमा कमी आएको छ । आर्थिक बर्ष ०८१/८२ मा ३ लाख २३ हजार ८ सय २५ रुपैया संकलन भएकोमा आर्थिक बर्ष ०८२/८३ मा २ लाख ३१ हजार ४४ रुपैया संकलन भएको देखिन्छ ।
त्यसैगरी गत आर्थिक बर्षको पुष महिनामा १ लाख ६२ हजार ५ सय ४० रुपैया राजस्व संकलन गरेको थियो । माघ महिनामा १ लाख ३८ हजार ९६ रुपैया ७५ पैसा राजस्व संकलन गरेको छ ।
फागुन महिनामा १ लाख १९ हजार ७ सय ६७ रुपैया, चैत्र महिनामा १ लाख ८३ हजार ८ सय ५६ रुपैया ८५ पैसा, बैशाखमा १ लाख ५९ हजार ३ सय ९० रुपैया ५० पैसा, जेठ महिनामा १ लाख ३५ हजार ९ सय ६५ र असारमा २ लाख २१ हजार २ सय ४ रुपैया ५ पैसा संकलन भएको छ ।
वडाले चालु आर्थिक बर्षको बाँकी ७ महिनामा कर सचेतना कार्यक्रम, कर दायरा विस्तार र नियमित अनुगमनमार्फत आगामी महिनामा राजस्व संकलनलाई थप सुदृढ बनाउने वडाध्यक्ष सन्तोष राईले जानकारी दिए ।