Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

इलाममा सडक र पुल निर्माणको लागि २ अर्ब १९ करोड रुपैयाँ सुनिश्चित

इलाममा सडक र पुल निर्माणको लागि २ अर्ब १९ करोड रुपैयाँ सुनिश्चित

  • सन्देश सम्वाददाता
  • मंगलबार, पौस ८ २०८२


इलाममा सडक र पुल निर्माणको लागि २ अर्ब १९ करोड रुपैयाँ सुनिश्चित

इलाम । संघीय सरकारको अर्थ मन्त्रालयले २ अर्ब १९ करोड रुपैयाँको स्रोत सुनिश्चित गरेपछि बर्खाअघि इलाममा सडक र पुलको काम हुने भएको छ । तत्काल २ बेलिब्रिजको काम हुनेछ भने बेलासे पुललाई उठाएर गाडी चल्ने बनाइनेछ ।

अर्थले मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई इलामका सडक र पुलका लागि यो रकमको सहमति दिएको छ । अर्थले मेची राजमार्गका लागि डेढ अर्ब, मेची राजमार्गकै राजदुवाली पुलका लागि २० करोड, केचना–कञ्चनजंघा सडकका लागि १४ करोड, यही सडकअन्तर्गत माई खोलाको बेलासे पुलका लागि २५ करोड सुनिश्चित गरेकाे छ ।

पुवाखोला पुलका लागि ५ करोड र गोदकको सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत जोगमाई खोला पुलका लागि ५ करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको हो । यसमध्ये चालु आर्थिक वर्ष ५४ करोड रुपैयाँको काम हुनेछ ।

सडक डिभिजन कार्यालयले चालु आवको ठेक्काप्रक्रिया ‘फास्ट ट्र्याक’बाट गर्ने र बहुवर्षे ठेक्का सामान्य व्यवस्थाअनुसार नै गर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार