Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा खसिबोकाको खरिदबिक्रि बढ्यो (तस्बिरहरु) 

इलाममा खसिबोकाको खरिदबिक्रि बढ्यो (तस्बिरहरु) 

  • सुजन तिमल्सिना
  • सोमबार, पौस ७ २०८२


इलाममा खसिबोकाको खरिदबिक्रि बढ्यो (तस्बिरहरु) 
इलाम । इलामका बजारहरुमा खसीबोकाको किनबेच बढेको छ । नेपालका ठुला सहरमा उच्च माग भएपछि खसीबोकाको कारोबारमा दोब्बर वृद्धि भएको हो ।  चाडपर्वको तुलनामा अहिले खसीबोकाको कारोबारमा वृद्धि भएको छ । जिल्ला सदरमुकाम इलाममा लाग्ने साप्ताहिक बिहीबारे पशुहाटमा हप्तामा २ हजारको संख्यामा खसीबोकाको किनबेच भइरहेको छ ।  काठमाडौँ र पोखरा सहरमा खसिबोकाको माग बढी भएपछि मुल्य पनि बढेको छ ।
अहिले जिउँदो खसि प्रतिकिलो ६ सय ५० रुपैयाँमा बिक्रि भइरहेको छ । प्रतिकिलो पाँचसय ८० मा खरिद बिक्रि हुँदै आएको खसिबोकाको मुल्य दशैँपछि किलोमा ७० रुपैँया बढेको व्यवसायी मेबहादूर कटुवालले बताए ।  सदरमुकाम इलाम बजारमा साताको सनिवार पशुहाट लाग्छ । इलाम नगपालिका, देउमाई नगरपालिका सहित पाँचथर जिल्लाका स्थानीय व्यवसायी र किसानले खसिविक्रि गर्न ल्याउने गरेका छन् । इलामका पशु हाटमा झापाका व्यवसायी मात्रै खसि खरिदका लागि आउने गरेपनि अहिले सोझै काठमाडौँ र पोखराका व्यवसायी पुग्छन् ।
जसका कारण मुल्यवृद्धिसँगै खरिद बिक्रि अत्याधिक बढेको हो । विगतका वर्षमा यो सिजनमा एक साप्ताहिक हटियामा बढीमा ५ सय खसीबोका किनबिच हुने गरेपनि अहिले काठमाडौँको माग उच्च हुँदै ह्वात्तै बढेको छ ।  इलाम बजार, मंगलबारे बजार, दानाबारीको शुक्रबारे बजार, माङसेबुङ गाउँपालिकाको पञ्चमी बजार लगायतका साप्ताहिक हटियामा खसीबोकाको किनबेच बढेको हो । काठमाडौँमा भारतीय खसि आयात ठप्प भएकाले पनि पूर्वी नेपालका खसिको माग बढेको व्यवसायी वेदप्रसाद घिमिरेले बताए ।
सहरमा जनसंख्या वृद्धि सँगै उपभोक्ताको माग बढेकाले यस वर्ष खसीबोकाको कारोबार बढेको हो । मासुको रुपमा अत्याधिक प्रयोग हुने खसीबोकाको कारोबार हिउँदमा पनि खरिद बिक्रि बढेको हो । बजारमा खसीबोकाको कारोबार बढ्दा मुल्यमा समेत वृद्धि भएको छ ।  गाउँमा व्यवसायिक रुपमा कृषकहरु बाख्रा पालनमा लागेकाले उत्पादन समेत थपिदैं गएको छ । उत्पादन धेरै हुनु र बजार पनि बढ्नुले व्यवसायिक किसानलाई पनि फाइदा छ । विगतमा भन्दा यसवर्ष भाउ राम्रै पाएकाले कृषकहरु हर्षित छन् ।
तस्बिरहरु :  

प्रतिक्रिया
सम्बन्धित समाचार