- AI Generate Image
इलाम । इलाम नगरपालिका–१२ का अनिल प्रधानलाई २ ग्राम १ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुर झापाले भद्रपुर–५ बाट उनलाई पक्राउ गरेको हो । त्यसैगरी कचनकवल–६ का दिल कुमार राजवंशीलाई २ ग्राम ३ सय ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।
प्रहरीले झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट पुस ०५ गते लागु औषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले इटहरी–६ स्थितमा चेकजाँचको क्रममा प्रदेश १–०२–०४८ प ४४७८ नम्बरको मोटरसाईकलमा सवार कोशी गाउँपालिका–८ का २० बर्षीय मो.जईसुल र बराहक्षेत्र–५ का ३५ बर्षीय अनिल कार्कीलाई ब्राउन सुगर ५५ ग्राम १६ मिलिग्राम र नगद १ लाख ६५ हजार सहित नियन्त्रणमा लिएको हो ।
चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी विराट चोकले सुन्दरहरैँचा–१० का नरेश उराउलाई २ ग्राम ८१ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–६ स्थितमा वेवारीसे अवस्थामा रहेको २० किलोग्राम गाँजा बरामद गरेको छ ।