इलाम । जिल्ला प्रहरी कार्यालय इलाम र जिल्ला प्रशासन कार्यालय इलामको सहकार्यमा जिल्ला प्रहरी कार्यालय इलामको कवर्ड हलमा एकदिने ध्यान शिविर सञ्चालन गरिएको छ।
विश्व ध्यान दिवस २०८२ (डिसेम्बर २१, २०२५) को अवसरमा आयोजित उक्त ध्यान शिविरमा इलाम जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरू, संघ–संस्थाका पदाधिकारीहरू, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

शिविरमा द आर्ट अफ लिभिङ नेपालका अनुभवी प्रशिक्षकहरूले सहभागीहरूलाई ध्यान, श्वास–प्रश्वास र मानसिक सन्तुलनसम्बन्धी विविध अभ्यास गराएका थिए।
कार्यक्रममा तनाव व्यवस्थापन, सकारात्मक सोचको विकास तथा आत्मशान्तिको महत्वबारे व्यावहारिक जानकारी प्रदान गरिएको जनाइएको छ।