Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम चोक बजारमा पौष २० मा नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा

इलाम चोक बजारमा पौष २० मा नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस ६ २०८२


इलाम चोक बजारमा पौष २० मा नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा

इलाम — नेपाली कम्युनिस्ट पार्टीले इलाम जिल्लामा पार्टी गतिविधि विस्तार गर्ने उद्देश्यसहित आगामी  पौष २० गते इलाम चोक बजारमा ‘सन्देश सभा’ आयोजना गर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न नेपाली कम्युनिस्ट पार्टी इलाम जिल्ला समन्वय समितिको पहिलो बैठकले गरेको हो ।

बैठक साविक नेकपा (एकीकृत समाजवादी) का इलाम संयोजक क. रणबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकले जिल्लामा राजनीतिक तथा संगठनात्मक गतिविधिलाई थप सुदृढ बनाउँदै पार्टीको वैचारिक सन्देश जनस्तरसम्म पु¥याउने लक्ष्यका साथ सन्देश सभा आयोजना गर्न लागेको जनाएको छ ।

पार्टी केन्द्रको सर्कुलरअनुसार तय गरिएको उक्त सभालाई इलाम जिल्लामा पार्टीको सक्रियता विस्तार गर्ने महत्वपूर्ण कार्यक्रमका रूपमा लिइएको छ। सन्देश सभामार्फत पार्टीको राजनीतिक दृष्टिकोण, संगठनात्मक दिशा र आगामी कार्ययोजनाबारे जनतालाई जानकारी गराइने बताइएको छ । साथै, वर्तमान राजनीतिक अवस्था, जनजीविकाका सवाल र पार्टीको भूमिकाबारे समेत धारणा सार्वजनिक गरिने तयारी रहेको छ ।

बैठकमा खिनु लङवा, भक्त केसी, कान्छा लावती, सिन्धु राई, राम राई, क. विजय खम्बु, शान्त बस्नेत, प्रविण तिम्सिना, कुमार बराइली, प्रवास शर्मा आचार्य, देवेन्द्र शर्मा आचार्य, सनम राई, मानबहादुर गुरुङ, प्रकाश परियार, एकराज घिमिरे, विनोद देवान लगायत जिल्लाका नेता तथा कार्यकर्ताहरूको  सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार