काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत बुधबार भएको मतदानमा ३६ जना प्रतिनिधिले मतदान गरेनन् । नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधिमध्ये २२२७ जनाले मतदान गरेका छन् ।
३६ जना भने विभिन्न कारणले मतदानमा सहभागी भएनन् । यतिसम्मकी एक जना उम्मेदवारले नै मतदान गरेनन् । केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र अर्यालले आफैंलाई भोट हालेनन् ।
गुल्मीका अर्यालले ‘नो भोटको सदुपयोग’ भन्दै मतदान नगरेको बताएका छन् । अर्याल प्रेस चौतारीका पूर्वअध्यक्ष समेत हुन् । अर्याल खुला केन्द्रीय सदस्यको १२८ नम्बरमा रहेका छन् ।