फिक्कल । आयोजक पम्प सिटी युथ क्लबलाई हराउँदै तुर्केनी एफसी काँकडभिट्टा स्वः मैया कार्की स्मृती आमन्त्रण फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सूर्योदय नगरपालिका–८ छिपिटारमा संचालिन प्रतियोगितामा काँकडभिट्टाले आयोजकलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले हराएको हो ।
पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको दोश्रो हाफको सुरुवाती समयमा काँकडभिट्टाले अग्रता बनाएको थियो । इन्जुरी समयमा आयोजकले बराबरी गर्न सफल रहयो । पेनाल्टी सुटआउटमा काँकडभिट्टाका गोलरक्षक सन्जिव तामाङले ३ वटा प्रहार बचाएका थिए ।
आयोजकका गोलरक्षक सुजन फागोले २ वटा प्रहार बचाए पनि जितका लागि पर्याप्त हुन सकेन् । विजेता टिमका गोलरक्षक तामाङ म्यान अफ दि म्याच घोषित भए । दोश्रो सेमिफाइनल खेलमा रेडहर्स एफसी इलाम र युथ अफ आहाले भिड्नेछन् ।
पुष ५ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले १ लाख र उप–बिजेताले ५० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।