Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम–१२ मा स्वर्गीय केशरानी लिम्बुनी स्मृति साङ्गरुम्बा गोल्डकप हुने

इलाम–१२ मा स्वर्गीय केशरानी लिम्बुनी स्मृति साङ्गरुम्बा गोल्डकप हुने

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर ३० २०८२


इलाम–१२ मा स्वर्गीय केशरानी लिम्बुनी स्मृति साङ्गरुम्बा गोल्डकप हुने

इलाम नगरपालिका–१२ साङ्गरुम्बामा स्वर्गीय केशरानी लिम्बुनीको स्मृतिमा साङ्गरुम्बा गोल्डकपको चौथो संस्करण हुने भएको छ । माघ ९ गतेबाट प्रतियोगिता हुने भएको हो । फुटबल प्रतियोगिताको विजेताले १ लाख १ हजार १११ तथा द्वितीय पुरस्कार रु. ५५ हजार ५५५ सहित ट्रफी र मेडल प्राप्त गर्नेछ ।

गोल्डकप सञ्चालनका लागि स्व. केशरानी लिम्बुनीका छोराहरू धम्बु जबेगु (निर्धन उत्थान वित्तीय संस्था), खेम जबेगु (हाल वैदेशिक रोजगारीमा दक्षिण कोरिया) र याम ब. जबेगु (शान्ति सेना, सुडान) ले संयुक्त रूपमा प्रथम पुरस्कारका लागि एक लाख एक सय एघार) रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।

यस्तै, वडा कार्यालयबाट प्रतियोगिताका लागि एक लाख बजेट विनियोजन गरिएको आयोजकले जनाएको छ । यसै अवसरमा माघ १५ गतेदेखि १७ गतेसम्म रमाइलो मेला समेत आयोजना गरिने भएको छ । वडाध्यक्ष लाखमान लिङ्गदमले आगामी आर्थिक वर्षमा खेलमैदानमा कार्यक्रम सञ्चालनका लागि मञ्च निर्माण र दुई कोठे पक्की शौचालय निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पत्रकार सम्मेलन गरेर कार्यक्रम बारेमा जानकारी गराइएको छ । कार्यक्रमको अध्यक्षता साङ्गरुम्बा गोल्डकप तथा मिनीमेला समितिका अध्यक्ष प्रकाश रायाले गरेका थिए । सञ्चालन कुमार पौडेलले गरेका थिए । आगामी कार्यक्रम सञ्चालनसम्बन्धी जानकारी वडा खेलकुद समिति सचिव डिबी लिम्बुले प्रस्तुत गरेका थिए । गोल्डकप साङ्गरुम्बा माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना गरिनेछ । प्रतियोगितामा जम्मा २४ टिमले प्रतिस्पर्धा गर्न पाउने छन् । फाइनल माघ १७ गते हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार