Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

स्वः मैया कार्की स्मृती फुटबल : आयोजक र कन्याम भिड्दै

स्वः मैया कार्की स्मृती फुटबल : आयोजक र कन्याम भिड्दै

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर ३० २०८२


स्वः मैया कार्की स्मृती फुटबल : आयोजक र कन्याम भिड्दै

फिक्कल । स्वः मैया कार्की स्मृती फुटबल प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा आयोजक पम्पसिटी युथ क्ल्ब र कन्याम एफसी भिड्ने भएका छन् । सूर्योदय नगरपालिका ८ स्थित छिपिटारमा गत मंसिर २७ गतेबाट प्रतियोगिता संचालन भइरहेको हो ।

प्रतियोगिता अन्र्तगत आइतबार सम्पन्न दोश्रो क्वाटरफाइलन खेलमा युथ अफ आहाले सेमिफाइनल प्रवेश गरेको छ । उर्लाबारी एफसीलाई ३–० गोल अन्तरले हराउँदै आहालेले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो । खेलको म्यान अफ दि म्याच आहालेका प्रकाश राई घोषित भए ।

पुष ५ गतेसम्म संचालन हुने प्रतियोगितामा ८ वटा क्लब सहभागि छन् । प्रतियोगिताको बिजेताले १ लाख र उप–बिजेताले ५० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा रेड डेभिल्स नयाँबजार, पम्पसिटि युथ क्लब, कन्याम एफसी, युथ अफ आहाले, उर्लाबारी एफसी, रेडहर्स एफसी इलाम, शनिश्चरे एफसी झापा र तुर्केनी स्र्पोटिङ क्लब सहभागि छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार