Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

रेडपाण्डाको संरक्षणमा ध्यानआकर्षण गर्न अन्तराष्ट्रिय म्याराथन 

रेडपाण्डाको संरक्षणमा ध्यानआकर्षण गर्न अन्तराष्ट्रिय म्याराथन 

  • सुजन तिमल्सिना
  • बिहिबार, मंसिर २६ २०८२


रेडपाण्डाको संरक्षणमा ध्यानआकर्षण गर्न अन्तराष्ट्रिय म्याराथन 
इलाम ।  ५ देशमा मात्रै पाइने वन्यजन्तु रेडपाण्डाको संरक्षणमा विश्व समुदायलाई ध्यानआकर्षण गर्न इलाममा अन्तराष्ट्रिय म्याराथन यहि पुष १ गते हुँदैछ । खेलकुदका माध्यमबाट वातावरण संरक्षणमा विश्व समुदायलाई अग्रसर बनाउन ४४ दशमलव २ सय किलोमिटरको रेडपाण्डा म्याराथन हुने भएको हो ।
२०८२ असोज ४ गते आयोजना हुन नसकेपछि पुष १ गतेलाई म्याराथन प्रतियोगिता सारिएको थियो । विश्वका ५ देशमा मात्रै पाइने वन्यजन्तु रेडपाण्डाको संरक्षणमा सचेतना जगाउन म्यारथनको आयोजना भएको हो ।  रेडपाण्डा म्याराथनको दुरी ४४ दशमलव २ किलोमिटर छ । अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता इलाम बजारबाट शुरु भएर कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर डाँडामा टुङ्गीन्छ । म्याराथन समुन्द्र सतहबाट १२ सय २० मिटरमा अवस्थित इलाम बजारबाट ३६ सय १० मिटरको सन्दकपुर डाँडासम्म हुनेछ ।
म्याराथन प्रतियोगिता रेडपाण्डा नेटवर्क, प्ले फर नेचर, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिकाको संयुक्त अयोजनामा हुनेछ । म्याराथनमा नेपाली सेनाको रणशार्दुल गणले प्राविधिक सहयोग गर्ने आयोजक संस्थाका राम रिमालले बताए ।   दोश्रो संस्करणको रेडपाण्डा म्याराथनमा ३ विधामा प्रतिस्पर्धा हुनेछ । पुरुष र महिला तर्फ खुल्ला तर्फ विजेताले १ लाख ५० हजार, दोश्रोले १ लाख, तेश्रो हुनेले ५० हजार र चौथोले ३० हजार प्राप्त गर्नेछन् ।
महिला र पुरुष विचको विभेद अन्त्य गराउने उद्धेश्यले पुरस्कार राशी समान राखिएको छ । म्यारथनमा  ७० जना बढी धावकहरु सहभागि हुनेछन् ।  रेडपाण्डाको बसोबास भएको ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाबाट सहभागी हुने धावकहरूलाई छुट्टै प्रतिस्पर्धा गराइनेछ ।
स्थानीय विधामा विजेता २५ हजार, दोश्रोलाई २० हजार, तेश्रोलाई १० हजार र चौथोलाई ५ हजार पुरस्कार राशी छ । लोपउन्मुख अवस्थामा रहेको रेडपाण्डाको संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले म्यारथनको आयोजना गरिएको आयोजक संस्था दिपज्योती युवा क्लबका सुनिल वान्तवा राईले बताए ।
प्रतियोतिमा आन्तरिब बाह्य जुनैदेशका धावकले पनि सहभागि हुन      सक्नेछन् । धावक सहभागिका लागि शुल्क ५ सय रुपैयाँ मात्रै राखिएको छ । म्याराथन प्रतियोगिताका लागि २० लाख रुपैँया खर्च हुनेछ । म्याराथनका लागि दोश्रो पुरस्कार इलाम नगरपालिकाले उपलब्ध गराउने निर्णय गरेको छ । सन्दकपुर गाउँपालिकाले म्याराथन रुट सरसफाई र समन्वयको कार्य गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार