इलाम । नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ ले प्रतिनिधि सभातर्फ उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधि सभा प्रत्यक्षतर्फ भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, ईश्वर चिपालु, रमेश लिङ्देनको नाम सिफारिस भएको छ ।
प्रतिनिधि सभा समानुपातिकतर्फ प्रेमिका राना मगरको नाम पहिलो नम्बरमा सिफारिस भएको छ । उनी नेविसंघ केन्द्रीय सदस्य हुन् । त्यस्तै माधवप्रसाद चम्लागाईं, धनमान बराइली, सुजाता परियार, भुवानीशमशेर राईको नाम समानुपातिकतर्फ सिफारिस भएको छ ।
राष्ट्रिय सभा सदस्यका लागि हिमालय कर्माचार्यको नाम सिफारिस भएको छ । माघ ११ मा राष्ट्रिय सभा र फागुन २१ मा प्रतिनिधि सभा चुनाव हुँदैछ।