इलाम । इलाम नगरपालिका–१२ स्थित साङ्गरुम्बा माध्यमिक विद्यालयको ७४औँ वार्षिक उत्सव एक विशेष समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख केदार थापा प्रमुख आतिथिका रूपमा उपस्थित भएका थिए।
कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिहरू र अभिभावक तथा स्थानीय जनसमुदायलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द कुमार बुढाथोकीले स्वागत गरेका थिए ।
उत्सवको अवसरमा विद्यालयका पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक तथा पूर्व विद्यार्थीहरूलाई सम्मान गरी विद्यालयप्रति योगदानको कदर गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले परेड (PT), खेलकुद, नृत्य, लगायतका सांस्कृतिक तथा शैक्षिक प्रस्तुति प्रस्तुत गर्दै वातावरण उत्साहपूर्ण बनाएका थिए। समारोहमा स्थानीय प्रतिनिधि, अभिभावक, सरोकारवाला तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको विद्यालयले जनाएको छ।