इलाम। इलामको सन्दकपुर गाउँपालिका–१ छाँगेमा छिमेकी सन्तोष राईको घर भत्काउने क्रममा सिलिङ खस्दा दुई जना घाइते भएका छन्। स्थानीय महेश थुलुङका अनुसार करिब हिजो दिउँसो २ बजेतिर घरको संरचना हटाउने क्रममा सिलिङ भत्किएर अन्दाजी ६० वर्षीय टकबहादुर राई र ४२ वर्षीय राजकुमार राई घाइते भएका हुन्।
घाइते दुवै जनाको प्रारम्भिक उपचार इलाम अस्पतालमा गरिएको थियो। अवस्था जटिल देखिएपछि उनीहरुलाई थप उपचारका लागि झापास्थित लगिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। सामान्य रहेका टक बहादुरको कन्काइ अस्पतालमा र राजकुमारको बिएन्डसीमा अप्रेसन गर्नुपर्ने थुलुङले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
photo : AI generate