इलामः इलाम नगरपालिका–७ स्थित जिल्ला समन्वय समितिको सभाहलमा आज नगरस्तरीय अन्तरविद्यालयीय गायन प्रतियोगिता आयोजना भयो। मानहरि सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा १४ विद्यालयका २२ विद्यार्थीले आफ्नो गायन प्रतिभा प्रस्तुत गरे।
कक्षा १–५ को समूहमा प्रज्ञासदन स्कुलका मिञ्छु तामाङ पहिलो भए। दोस्रो स्थान ज्योति विधा मन्दिरकी प्रनिता बराईली र तेस्रो स्थान ज्योति सदनका रिजन राई ले प्राप्त गरे। सान्त्वना पुरस्कार ग्रिन भ्याली एकेडेमीका अनमोल तामाङ लाई दिइयो। कक्षा ६–१२ को समूहमा भगवती माध्यमिक विद्यालय गोलाखर्ककी सुहाना बिक ले पहिलो स्थान हासिल गरिन्।
दोस्रो र तेस्रो स्थान क्रमशः जुबिलेन्ट स्कुलकी सोफिया राई र हेरिटेज स्कुलका आशिष सञ्जेल ले जिते। सान्त्वना पुरस्कार माउन्ट मेचीकी प्रयुसा साहि लाई प्रदान गरियो।
कार्यक्रममा नगर प्रमुख केदार थापा, विशिष्ट नागरिक युद्धप्रसाद वैद्य, तोयानाथ भट्टराई, संस्थापक संरक्षक शम्भुप्रसाद श्रेष्ठ सहित अभिभावक, शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
निर्णायकका रूपमा गायक देवी गौतम, टंक श्रेष्ठ र राजेश चाम्लिङ सहभागी भए। प्रतिष्ठान अध्यक्ष कोमल निरौलाले कार्यक्रममा प्रतिभालाई मात्र सुन्न नभई भविष्यको मार्गदर्शन गर्ने उद्देश्य रहेको बताए।