Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

धुसेनी गोल्डकपको उपाधिको लागि श्रीजङ्गा र मिरमिरे भिड्ने

धुसेनी गोल्डकपको उपाधिको लागि श्रीजङ्गा र मिरमिरे भिड्ने

  • सन्देश सम्वाददाता
  • बुधबार, मंसिर १८ २०८२


धुसेनी गोल्डकपको उपाधिको लागि श्रीजङ्गा र मिरमिरे भिड्ने

मंगलबारे । देउमाई नगरपालिका ५ धुसेनीमा जारी आठौं धुसेनी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि श्रीजङ्गा एफसी धुसेनी र मिरमिरे एफसी भिड्ने भएका छन् । चासोक तङनाम उधौली पर्वको अवसरमा किरात याक्थुम चुम्लुङ खेलकुद उपसमिति देउमाई–५ धुसेनीद्वारा आयोजित प्रतियोगिता अन्तर्गत हिजो भएको सेमिफाइनलबाट श्रीजङ्गा र मिरमिरे फाइनल प्रवेश गरेका हुन्।

पहिलो सेमिफाइनलमा आयोजकलाई पराजित गर्दै श्रीजङ्गा फाइनल प्रवेश गरेको हो। त्यस्तै दोस्रो सेमीफाइनल खेलमा उपाधिको दाबेदार मानिएको अर्को टोली चौबन्दी एफसीलाई ट्राइबेकरमा पराजित गर्दै डिफेन्डिङ च्याम्पियन मिरमिरेले श्रीजङ्गासँगको उपाधि भेडन्त पक्का गरेको हो

फाइनल खेल मङ्सिर १८ गते हुनेछ विजेताले नगद ४० हजार ४४४ रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता टोलीले २० हजार २२२ रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष विशाल लिम्बुले जानकारी दिए ।

चासोक तङनाम उधौली पर्वको अवसरमा मङ्सिर १८ गते विविध सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू समेत रहने समितिका संयोजक डब्लु लोरिङदेनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार