फिक्कल । इलामको सूर्योदय नगरपालिका– १० फिक्कलको बिहिबार हटिया तरकारी खरिद बिक्रिको केन्द्र भएको छ । किसानले आफ्नो उत्पादन बिक्रि गर्न ल्याउने विहिबारे हटियामा भारतीय व्यवसायी समेत खरिद गर्न आउन थालेपछि फिक्कल बजार तरकारी खरिद बिक्रिको अक्सन मार्केट बनेको हो ।
फिक्कल बजार पूर्वी इलामको ऐतिहासिक बजार हो । सूर्योदय नगरपालिका– १० मा साताको बिहिबार लाग्ने फिक्कल बजारमा पूर्वी इलामका किसानले आफ्नो उत्पादन बिक्रि गर्ने थोक बजार बनेको छ ।
कृषि उपज र तरकारी खरिदका लागि भारतीय व्यवसायी समेत आउने गरेपछि फिक्कल बजार खुल्ला अक्सन बजार भएको हो । तरकारी खरिदका लागि भारतको दार्जिलिङ्ग क्षेत्रबाट व्यवसायीहरु आउने क्रम बढेको हो । भारतीय व्यवसायीहरु आउन थालेपछि किसानले आफ्नो उत्पादन फिक्कल बजार पु¥याउन नपाउँदै हारालुस हुन्छ । किसानको उत्पादन खरिद बिक्रिको खुल्ला अक्सन बजार भएको बिहिबारे हटियामा सिजन अनुसारको तरकारी बिक्रि हुने व्यवसायी टंक भट्टराईले बताए ।
बिहिबारे हटियामा झापाका थोक व्यापारीहरु पनि तरकारी खरिद गर्न पुग्ने गरेका छन् । तर भारतीय व्यवसायीबाट मुल्य राम्रो पाइने गरेपछि दार्जिलिङ्ग क्षेत्रमा निर्यात बढी हुन्छ । ग्रामीण क्षेत्रमा कच्चि सडक पुगेकाले किसानले सवारीसाधनबाट तरकारी र कृषि उपज फिक्कल बजार ल्याउने गरेका छन् ।
फिक्कल बजार भित्र सडकमै लाग्ने गरेको हटिया अहिले सुर्योदय नगरपालिकाले व्यवस्थित गर्ने प्रयास गर्दैछ । नगरपालिकाले जग्गा भाडामा लिएर तरकारी बजार बनाउन थालेपनि व्यवस्थित टहरा बनाउनुपर्ने व्यवसायी अमृत राईले बताए ।
बिहिबारे हटियामा सूर्योदय नगरपालिका, माईजोगमाई, रोङ र सन्दकपुर गाउँपालिकाका भित्र किसानले कृषि उपज र तरकारी बिक्रि गर्छन् । सिजन अनुसार उत्पादित तरकारी बिक्रि गर्ने खुल्ला थोक बजारमा स्थापित फिक्कल बजारलाई व्यवस्थित गरे नेपाल भारत सीमा क्षेत्रको ठुलो बजार बन्नेछ । जसले किसानले उत्पादित कृषि उपज अन्तराष्ट्रिय बजार निर्यात गर्ने मुख्य बजार बन्नेछ । बजार व्यवस्थित बनाउन अहिले सुर्योदय नगरपालिकाले प्रयास गरिरहेको छ ।
तस्बिरहरु :