Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिका–१४ मा चालु आर्थिक बर्षको ४ महिनामा ५ लाख राजस्व

सूर्योदय नगरपालिका–१४ मा चालु आर्थिक बर्षको ४ महिनामा ५ लाख राजस्व

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर ८ २०८२


सूर्योदय नगरपालिका–१४ मा चालु आर्थिक बर्षको ४ महिनामा ५ लाख राजस्व

फिक्कल । इलामको सूर्योदय नगरपालिका–१४ ले चालु आर्थिक वर्ष पहिलो चार महिनाको राजस्व विवरण पनि सार्वजनिक गरेको छ । साउनदेखि कार्तिकसम्मको अवधिमा कुल ५ लाख ५ हजार ९७० रुपैयाँ राजस्व संकलन भएको छ ।

वडा कार्यालयले साउनमा १ लाख ७० हजार ९१६, भदौमा १ लाख ८७ हजार ५०६, असोजमा ८८ हजार २०६ र कार्तिकमा ५९ हजार ७५२ संकलन गरेको छ । चालु वर्षको कर संकलन सुरुआती महिनामै सन्तोषजनक देखिएको छ । आगामी महिनाहरूमा कर–दस्तुर संकलन अझै बढ्ने र लक्ष्य पूरा हुने विश्वास वडाले लिएको छ ।

वडाले गत आर्थिक बर्ष २०८१/८२ मा कुल १४ लाख ८० हजार ५५८ रुपैया १५ पैसा राजस्व संकलन गरेको थियो । राजस्वका मुख्य शिर्षकहरू मध्ये भूमिकर÷मालपोतले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । सो शीर्षकबाट ४ लाख ६१ हजार ६०८ रुपैयाँ ४० पैसा संकलन भएको छ । त्यसैगरी ‘अन्य दस्तुर’ शीर्षकमा १ लाख ९० हजार ४१५ रुपैया संकलन भएको छ ।

सिफारिस दस्तुरले २ लाख ९६ हजार ५० रुपैयाँ, नाता प्रमाणित दस्तुरले १८ हजार रुपैयाँ, सम्पती कर ६४ हजार ८ सय ८२ रुपैया ३० पैसा रहेको छ । वहाल कर बापत ३२ हजार ३ सय ८० रुपैया, वहाल विटौरी कर बापत ६७ हजार १ सय ३० रुपैया, साना सवारी साधन करमा ४ हजार २ सय रहेको छ ।

अन्य करमा ४४ हजार ८ सय ८४ रुपैया ५० पैसा, अन्य सेवा शुल्क तथा विक्री बापत २० हजार ६ सय ५० रुपैया, अन्य प्रशासनिक सेवा शुल्क ५ सय ७०, नक्सापास दस्तुर २ हजार, व्यक्तिगत घटना दर्ता ७३ हजार १ सय रहेको छ । नाता प्रमाणित बापत १८ हजार, व्यवसाय रजिष्ट्रेसन दस्तुर ७५ हजार ३ सय रहेको छ ।

सहरी क्षेत्रमा जस्तो व्यपार व्यवसाय र उद्योगीहरु कम हुँदा राजस्व संकलन थोरै हुने गरेको वडाध्यक्ष बल बहादुर समाल मगरले बताए । स्थानीय कर प्रणाली प्रभावकारी बन्न थालेको र सेवाग्राहीको कर तिर्ने प्रवृत्ति सुदृढ हुँदै गएकोले नागरिकहरुमा कर तिर्ने बानीको विकास विस्तारै बढ्न थालेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार