काठमाडौं नेपाल सुपर लिगमा विराटनगर किङ्सले काठमाण्डौ गोर्खाजलाई ५ ले पराजित गरेको छ। काठमाण्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले ५ विकेट गुमाएर भेट्टायो। काठमाण्डुका लागि मोहम्मद आदिल आलमले सर्वाधिक ४८ रन जोडे । बेन चार्लेसवर्थ ३२, सन्तोष यादव २६, जेरार्ड एरासमसले १० रन बनाए।
जोन सिम्फोन ७ रनमा नटआउट रहे। आकाश त्रिपाठी शून्यमा आउट हुँदा रिचार्डो भास्कोन्सेलस ३, प्रतिक श्रेष्ठ २ रनमा बनाए। विराटनगरका लागि मार्चेन्ट डी लेङेले २ विकेट लिँदा सुभम रन्जने, सूर्य तामाङ र कप्तान सन्दीप लामिछानेले समान एक एक विकेट लिए।
काठमाण्डौले दिएको १३५ रन पछ्याउने क्रममा विराटनगरका जर्ज मुन्से ३६, मार्टिन गुप्टिल २५, नरेन भट्ट २४, बसिर अहमद १९,लोकेश बमले १४ रन बनाए। यस्तै कप्तान सन्दीप लामिछाने र सुभम रन्जनेले क्रमश ९ र ६ रन बनाए। काठमाण्डुका लागि साहव आलमले दुई विकेट लिँदा जेरार्ड एरास्मस, सन्तोष यादव र कप्तान करण केसीले समान एक एक विकेट लिए।
पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाण्डौ दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग स्तब्ध भएको थियो। सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगरको यो लगातार दोस्रो जित हो। विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि शानदार जित निकालेको थियो।