Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिका–६ मा ३ महिनामा १० लाख ८१ हजार राजस्व

सूर्योदय नगरपालिका–६ मा ३ महिनामा १० लाख ८१ हजार राजस्व

  • सन्देश सम्वाददाता
  • शनिबार, मंसिर ७ २०८२


सूर्योदय नगरपालिका–६ मा ३ महिनामा १० लाख ८१ हजार राजस्व

फिक्कल । सूर्योदय नगरपालिकाको वडा नं ६ ले चालु आर्थिक वर्षको ३ महिनामा १० लाख ८१ हजार भन्दा बढि राजस्व संकलन गरेको छ । वडा कार्यालयले पाश्व चित्रमा सार्वजनिक गरेकाे विवरण अनुसार ३ महिनामा कुल १० लाख ८१ हजार ४८ रुपैया १५ पैसा राजस्व संकलन भएको हाे ।

तथ्यांक अनुसार साउन महिनामा ४ लाख ५५ हजार २६६ रुपैयाँ ३० पैसा राजस्व संकलन गरिएको छ भने भदौमा ४ लाख २५ हजार ४७२ रुपैयाँ ५५ पैसा उठेको छ । यसैगरी आश्विन महिनामा २ लाख ३ सय ९ ३० पैसा कर संकलन भएको विवरणमा उल्लेख छ।

वडामा हालसम्म कुल सुरक्षित आवास कार्यक्रम अन्र्तगत १८ वटा घर निर्माण भएका छन् । त्यसैगरी, वडाभित्र हालसम्म खानेपानीको धारा ६८२ घरले प्राप्त गरेका छन् । वडा नं ६ मा २४ वटा कृषि फर्म सञ्चालनमा रहेको वडा सचिव किशोरकुमार कार्कीले जानकारी दिए ।

वडा सचिव कार्कीले स्थानीय विकास, सेवा वितरण तथा कर प्रशासनलाई पारदर्शी बनाउने उद्देश्यका साथ वडा पाश्र्व चित्र बनाइएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार