Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

पाथीभरामा घटे दर्शनार्थी, ३४ लाख ४८ हजार रुपैयाँ भेटी संकलन

पाथीभरामा घटे दर्शनार्थी, ३४ लाख ४८ हजार रुपैयाँ भेटी संकलन

  • सन्देश सम्वाददाता
  • बुधबार, मंसिर ४ २०८२


पाथीभरामा घटे दर्शनार्थी, ३४ लाख ४८ हजार रुपैयाँ भेटी संकलन
  • तीर्थयात्रीले चढाएको भेटी समितिका कर्मचारीले संकलन गर्ने र प्रहरी समेतको रोहवरमा झोलामा लाहाछाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने प्रचलन छ ।

ताप्लेजुङ — ताप्लेजुङको पाथीभरा मन्दिरमा कात्तिक महिनामा ३४ लाख ४८ हजार रुपैँयाँ भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो महिना मन्दिर दर्शनका लागि ४२ हजार २ सय ६१ जना पुगेका छन् ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले गत वर्षको कात्तिक महिनाको तुलनामा कम रकम र कम तीर्थयात्री आएको बताए । यसवर्षको असोजमा भएको वर्षा र सडक अवरोधले प्रभाव पारेको हाङबाङले जानकारी दिए ।

तीर्थयात्रीले चढाएको भेटी समितिका कर्मचारीले संकलन गर्ने र प्रहरी समेतको रोहवरमा झोलामा लाहाछाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने प्रचलन छ । यसको गणना भने सदरमुकाम फुङलिङमा रहेको क्षेत्र विकास समितिको कार्यालयमा ल्याएर हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार