Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

मेचीराजमार्गमा ४ अरब क्षति पुनःनिर्माणमा ७ अरब आवश्यक 

मेचीराजमार्गमा ४ अरब क्षति पुनःनिर्माणमा ७ अरब आवश्यक 

  • सन्देश सम्बाददाता
  • मंगलबार, मंसिर ३ २०८२


मेचीराजमार्गमा ४ अरब क्षति पुनःनिर्माणमा ७ अरब आवश्यक 
इलाम । अशोज १८ को वर्षात र बाढी पहिरोबाट मेचीराजमार्गमा ४ अरब बढीको क्षति भएको छ । यो प्रारम्भिक अध्ययन हो । झापाबाट पूर्वी पहाडी जिल्ला जोड्ने मेची राजमार्गको इलाम खण्डमा ३ सय बढी पहिरोले अर्बौको क्षति गरेको हो ।    मेची राजमार्ग झापाबाट पूर्वी पहाडी जिल्ला जोड्ने मुख्य मार्ग हो । अशोज १८ को वर्षातपछिको बाढीले राजमार्गको इलाम खण्डमा ३ सय बढी पहिरो खसेका थिए ।  पहिरोबाट राजमार्गमा पर्ने इलामको राजदुवाली खण्ड पूर्ण रुपमा बन्द भएको थियो । १४ दिनपछि राजमार्ग संचालनमा आएपनि क्षतिग्रस्त सडकमा एकतर्फि मात्रै यातायातका साधान संचालन हुने गरेको छ ।
पहिरोबाट इलाम बजार चुरेघाँटी पूवाखोला खण्डमा ठुलो क्षति छ । कच्चि ट्रयाक खनेर राजमार्ग संचालनमा आएपनि सानो वर्षात हुने वित्तिकै सडक अवरुद्ध हुन्छ । पहिरोले कतै सडक पुरै दविएको छ भने कतै पुरै बगेको अवस्था छ । सडकमा ठुलो क्षति भएकाले तत्काल मर्मत वा पुनः निर्माणको काम गर्नुपर्ने इलाम नगरपालिका–४ का अध्यक्ष नुतनदेव दुलालले बताए ।
राजदुवाली खण्डको विकल्पमा रहेका सडकका पुलहरु पनि बगाएपछि पूर्वी पहाडका जिल्लाबासी सकसमा छन् । सडक डिभिजन कार्यालय इलामले केचना कंचनजंघा सडकको पुवाखोलामा र सिमलगोलाई तिल्केनी सडकको जोगमाई खोलामा बेलिब्रिज बनाएको थियो । तर दुवै बगाएपछि इलाम, पाँचथर र ताप्लेजुङ्गबासी चिन्तित छन् ।
राजगमार्गको इलाम बिब्ल्याँटे पुवाखोलामा खण्डमा ठुला ठुला पहिरो खसेका थिए । क्षतिग्रस्त सडक क्षेत्रमा डाइभर्सन बनाएर यातायात  संचालन भएपनि पुन : निर्माण गर्न ७ अरब लाग्ने सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताए ।  संघीय सरकारले इलाम संकटग्रस्त जिल्ला घोषणा गरेपनि अझै पुनःनिर्माणका लागि बजेट निकासा भएको छैन ।  राजमार्ग पुन : निर्माणको काम चाँडै शुरु नभए आगामि वर्षातमा पूर्वी पहाडको यात्रा सकसपूर्ण हुनेमा सर्वसाधारण चिन्तित छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार