Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

दुर्गा प्रसाईँलाई शिक्षामन्त्री पुनको व्यंग्यात्मक प्रश्न- भाइसँग पैसा उमार्ने जादु छ ?

दुर्गा प्रसाईँलाई शिक्षामन्त्री पुनको व्यंग्यात्मक प्रश्न- भाइसँग पैसा उमार्ने जादु छ ?

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर २ २०८२


दुर्गा प्रसाईँलाई शिक्षामन्त्री पुनको व्यंग्यात्मक प्रश्न- भाइसँग पैसा उमार्ने जादु छ ?

शिक्षामन्त्री महावीर पुनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई लक्षित गर्दै व्यंग्यात्मक टिप्पणी गरेका छन्। आइतबार साँझ सामाजिक सञ्जालमार्फत् पुनले प्रसाईँले बैंकको ऋण मिनाहा र सुरक्षाकर्मी तथा शिक्षक, कर्मचारीको तलब बढाएर एक लाख पुर्याइदिने भनेर दिएका अभिव्यक्तिप्रति व्यंग्य गरेका हुन्।

‘साह्रै अचम्म लाग्यो दुर्गा प्रसाईँ भाइले सेना, प्रहरी, शिक्षकहरूको तलब एक लाख रुपैयाँ पुर्‍याइदिने र २० लाख रुपैयाँभन्दा तलको सबैको ऋण मिनाहा गरिदिने भनेर घोषणा गरेका रहेछन्,’ पुनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,

‘तलब बढाएपछि अरू सबैको पनि बढाउनुपर्‍यो। अनि ऋण मिनाहा गरिदिन पैसा चाहियो। त्यत्रो धेरै पैसा कहाँबाट ल्याउने रहेछन्रु पैसा उमार्ने जादु नै छ कि क्या हो दुर्गा भाइसँग ?

हिजो मात्रै प्रसाईँले निर्वाचन आयोगमा नागरिक बचाउ दल दर्ता गरेका थिए। प्रसाईँले दल दर्ता गरेकै साँझ शिक्षामन्त्री पुनले उनलाई व्यंग्य गरेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार