Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

जिर्ण बन्दै इलामको ऐतिहासिक गोयाङ सिचाई आयोजना (तस्बिरहरु)  

जिर्ण बन्दै इलामको ऐतिहासिक गोयाङ सिचाई आयोजना (तस्बिरहरु)  

  • सुजन तिमल्सिना
  • बिहिबार, कार्तिक २८ २०८२


जिर्ण बन्दै इलामको  ऐतिहासिक गोयाङ सिचाई आयोजना (तस्बिरहरु)  
रोङ (बदमटार) । इलामको रोङ गाउँपालिका–२  बदमटारमा सिचाई सुविधा दिने गोयाङ खोला सिचाई आयोजना जिर्ण बनेको छ । सिचाई आयोजना बनेको ४० वर्ष बढी भएकाले मर्मतसँगै पुनः निर्माणका लागि उपभोक्ताले माग गरेका छन् ।  गोयाङ सिचाई आयोजना भिर काटेर निर्माण भएको थियो । ठुला ठुला भिर काटेर गोयाङ खोलाको पानी बदमटार सिचाई आयोजनाबाट पुर्याएको छ । २०३४ सालमा निर्माण शुरु भएको सिचाई आयोजना ३९ सालबाट संचालनमा आएको    थियो । सिचाई आयोजनाबाट बदमटार क्षेत्रको सयौँ रोपनी जग्गा सिंचित हुँदै आएको छ । तर अहिले सिचाई आयोजना जिर्ण बन्दै गएको छ ।
बाढी पहिरोले सिचाई आयोजनामा रहेक वर्ष क्षति पुग्छ । संचालनमा आएको ४० वर्ष बढी भएकाले पुरानो संरचनाले धान्न छोडेको आयोजनाका चौकीदार राम बहादूर बस्नेतले बताए ।  आफ्नो अर्थतन्त्र सुधार्ने गोयाङ सिचाई जिर्ण बन्दै गएपछि बदमटारकाबासी चिन्तित छन् । उपभोक्ताले आयोजनामा हुने स–सनो क्षति आफै मर्मत गर्छन् । तर हरेक वर्ष जाने पहिरोले ठुलो क्षति गर्न थालेपछि मर्मत खर्चको समस्या हुन थालेको छ । मर्मत खर्च अभावले आयोजनामा जडान भएका मुख्य तीन पाइपमध्ये एकमा पानी चल्न छोडेको हो ।
वर्षातमा गोयाङ खोलाको पानीले पुग्ने गरेपनि हिउँदमा टाङ्टिङ्ग खोलाको पानी गोयाङ मिसाइन्छ । तर गोयाङ टाङ्टिङ्ग खण्डको कुलोमा ठुलो क्षति पुगेको छ । जसका कारण सिचाई आयोजना दुःखले संचालन हुँदै आएको उपभोक्ता समितिका अध्यक्ष तोया तिमसिनाले बताए । गोयाङ सिचाई आयोजनाले बदमटारको १२ सय रोपनी भु–भाग सिंचित       गर्छ । सिचाई सुविधा नहुँदा बदमटारबासीले सखरखण्डा, पिडालु कोदो र मकैबाट छाक टारेको अनुभव छ । तर सिचाई आयोजना बनेपछि बदमटारबासीले पेटभरी बिहान बेलुकाको छाक टार्न थालेका थिए ।
थप तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार