Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

टोड्के झर्नाको बचत २ लाख ९१ हजार

टोड्के झर्नाको बचत २ लाख ९१ हजार

  • सन्देश सम्बाददाता
  • बिहिबार, कार्तिक २८ २०८२


टोड्के झर्नाको बचत २ लाख ९१ हजार

इलाम । टोड्के झर्ना स्र्पोटिङ क्लबले गत बर्ष संचालन गरेको फुटबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमबाट २ लाख ९१ हजार भन्दा बढि बचत गरेको छ ।

सन्दकपुर–२ माइमझुवाको आहालटार खेलमैदानमा गत बर्ष मंसिर २१ देखि ३० गतेसम्म संचालन भएको फुटबल प्रतियोगिता, साकेला सिली प्रतियोगिता र राष्ट्रिय कलाकार सहितको सांस्कृतिक कार्यक्रमबाट २ लाख ९१ हजार १ सय ६९ रुपैया बचत भएको क्लबको कोषाध्यक्ष मनमती राईले जानकारी दिइन् ।

क्लबले ११ लाख ५० हजार ३३४ रुपैया आम्दानी गरेकोमा ८ लाख ५९ हजार १ सय ६५ रुपैया खर्च भएको थियो । क्लबले हरेक बर्ष किरातीहरुको पर्व उद्यौलीको अवसरमा फुटबल र सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । यस बर्ष समेत क्लबले मंसिर दोश्रो साता प्रतियोगिता संचालनको तयारी अघि बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार