Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा बालाचतुर्दशी मिनी मेला, चर्चित कलाकारहरुको प्रस्तुती रहने

माईजोगमाईमा बालाचतुर्दशी मिनी मेला, चर्चित कलाकारहरुको प्रस्तुती रहने

  • सन्देश सम्वाददाता
  • बुधबार, कार्तिक २७ २०८२


माईजोगमाईमा बालाचतुर्दशी मिनी मेला, चर्चित कलाकारहरुको प्रस्तुती रहने

इलाम । इलामको माईजोगमाई गाउँपालिका–१ नयाँबजारमा आगामी मंसिर २ गतेदेखि १० गतेसम्म बालाचतुर्दशी मिनी मेला आयोजना हुने भएको छ । बालाचतुर्दशी मेला आयोजक समितिको आयोजनामा नयाँबजारस्थित बालागुरु खेलमैदानमा सञ्चालन हुने भएको हो ।

मेलाको क्रममा मंसिर ३ गते एलिना चौहान, मंसिर ६ गते रचना रिमाल र मंसिर १० गते राजेशपायल राईको प्रस्तुती रहनेछ । साथै, मेलामा अन्य दिन स्थानीय कलाकारहरुको प्रस्तुती तय भएको छ ।

कार्यक्रमका लागि राष्ट्रिय कलाकारहरुको प्रस्तुतीको लागि पनि छलफल भइरहेको आयोजक समितिका अध्यक्ष सञ्जय भण्डारीले जानकारी दिए । बालाचतुर्दशी मेलाको उद्देश्य माईजोगमाईको पर्यटन प्रवर्द्धनसँगै परम्परागत संस्कृतिको संरक्षण र जगेर्ना गर्नु रहेको आयोजकले जनाएको छ ।

माईजोगमाई गाउँपालिका प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण क्षेत्र मानिन्छ । यहाँका जौबारी, तुम्लिङ, उत्तरे पोखरी, बालगुरु मन्दिर र यलम्बर शालिक जस्ता स्थलहरु प्रमुख पर्यटकीय आकर्षण हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार