Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत ग्रेडेड

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत ग्रेडेड

  • सन्देश सम्बाददाता
  • सोमबार, कार्तिक २५ २०८२


कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत ग्रेडेड

इलाम । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशन गरेको छ। आइतबार प्रकाशित नतिजाअनुसार ७३.४१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। कुल एक लाख ४ हजार २६ विद्यार्थी परीक्षामा सामेल भएकोमा ७६ हजार ३६७ विद्यार्थी उत्तीर्ण भएका हुन्।

ननग्रेडेड विद्यार्थीलाई लक्षित गर्दै बोर्डले ७ र ८ असोजमा परीक्षा सञ्चालन गरेको थियो। परीक्षा सञ्चालन भएको डेढ महिनापछि नतिजा प्रकाशन गरिएको हो। नतिजामा त्रुटि भएमा बोर्डले ३ मंसिरसम्म रिटोटलिङको लागि समय दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार