फाकफोकथुम । फाकफोकथुम गाउँपालिका–४ फुएतप्पा लिम्बु गाउँ अवस्थित थोकफेला युवा विकास संस्थाको नयाँ भवन उद्घाटन भएको छ । भवन उगाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले उद्घाटन गरेका छन् ।
थोकफेला युवा विकास संस्थाको भवन उद्घाटन तथा साधारण सभा शुक्रबार प्रमुख अथिति दिपेन्द्र खनालको उपस्थितिमा सम्पन्न भएको हो । भवन निर्माणका लागि गाउँपालिका र कोशी प्रदेश सरकारको लगानी रहेको छ । भवन निर्माणका लागि गाउँपालिकाको १० लाख र कोशी प्रदेश सरकारको १० लाख रुपैयाँ लगानी भएको छ । भवन निर्माणका लागि थोकफेला युवा विकास संस्थाका सदस्यहरुले श्रमदान समेत गरका थिए । कार्यक्रममा गाउँपालिकामा उपाध्यक्ष कल्पना राई बिषेश अतिथि हुनुहुन्थ्यो । गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल र उपाध्यक्ष कल्पना राईले गाउँपालिकाको तर्फबाट सहयोग गरिराख्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा थोकफेला युवा विकास संस्थाका संस्थापक अध्यक्ष तथा पुर्व अध्यक्षहरू डम्बर बहादुर लिम्बु,जगत लिम्बु र बिर्ख लिम्बुलाई समान पत्र तथा दोसाला ओडाएर समान गरिएको थियो। त्यसैगरि थोकफेला युवा विकास संस्थाको सदस्यहरूले आर्थिक संकलन गरि मृगौला पीडित संस्थाका सदस्य अम्बर बहादुर जबेगुकी श्रीमती कुसुम चेम्जोङ लिम्बुलाई नगद ४८ हजार सहयोग संस्थाका निबर्तमान अध्यक्ष अम्बर बहादुर लिम्बुद्वारा नगद हस्तान्तरण गरेका थिए । साथै थोकफेला युवा विकास संस्थाको १५ औ साधारण सभाले इन्द्र मान लिम्बु नेतृत्वमा एघार सदस्यीय सदस्य चयन सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका अध्यक्ष विर्खबहादुर लिम्बुले नामावली घोषणा गरेका थिए।
थप तस्बिरहरु :
