सन्दकपुर । इलामको सन्दकपुर ४ चौरीचौक क्षेत्रमा भारतीय सिमा सुरक्षा बल हतियार सहित नेपाली बस्तिमा पसेपछि स्थानीयबासी त्रसित भएका छन् । भारतीय सीमा सुरक्षा बल एसएसबीको टोली सीमा क्षेत्रको चौरीचोकमा हतियार सहित पुगेपछि स्थानीयबासी त्रसित भएका हुन् । पर्यटकीय क्षेत्रमा हतियार सहित एसएसबीको टोली पुगेको थियो । तीन जनाको टोलीपुगेपनि १ जनाले आधुनिक हतियार बोकेका थिए । जसका बारण स्थानीयबासी त्रसित भएका हुन् । पर्यटकीय क्षेत्रमा भारतीय सीमा सुरक्षा बलका जवान पुगेपछि त्यहाँ पुगेका पर्यटक र स्थानीयबासी क्रसित बनेका हुन् । हतियार सहितका एसएसबीका जवान हिजो चौरीचौक पुगेका थिए । उनीहरु कालपोखरी क्षेत्रमा रहेको एसएसबी क्याम्पबाट खटिएको बुझिएको छ । कालपोखरीबाट चौरीचौक २ किलोमिटर भित्र पर्छ ।
