Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अन्तुमा दोस्रो गोरख च्यालेन्ज कप कात्तिक २६ बाट 

अन्तुमा दोस्रो गोरख च्यालेन्ज कप कात्तिक २६ बाट 

  • सन्देश सम्बाददाता
  • शनिबार, कार्तिक २३ २०८२


अन्तुमा दोस्रो गोरख च्यालेन्ज कप कात्तिक २६ बाट 
अन्तु । इलामको सूर्योदय नगरपालिका ५ श्रीअन्तुस्थित गोरखमा दोस्रो गोरख च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ । कात्तिक २६ गतेबाट प्रतियोगिताको आयोजना हुनेछ ।  आयोजनाका लागि कात्तिक २० गतेबाटनै प्रतियोगितामा सहभागि हुने क्लबहरुको दर्ता शुरु भएको छ । प्रतियोगिताको प्रथम पुरस्कार ८० हजार छ भने दोस्रो पुरस्कार ५० हजार रहेको हो । श्री गोरख युनाइटेड फुटबल क्लबको आयोजनामा प्रतियोगिता हुने लागेको हो । मंसिर १३ गतेसम्म आयोजना हुने प्रतियोगितामा २४ वटा टिम सहभागि हुने आयोजक समितिका निरोज निरोज बम्जनले बताए । प्रतियोगितामा नेपाल र भारतका टिमहरु सहभागि हुनेछन् । सामसुङ मेमोरियल खेल मैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न ३ लाख बढी खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार