माई । रोमानियामा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकी इलामको माई नगरपालिका–७ निवासी सोनी लिम्बुको परिवारलाई रोमानियामा रहेका नेपालीहरुले सहयोग प्रदान गरेका छन् । रोमानियामा रहेका माई नगरपालिका–६ र ७ का बासिन्दाहरुले ३८ हजार ३८३ बराबरको सहयोग रकम संकलन गरी हस्तान्तरण गरेका हुन् ।
गोबिन्द सुब्बा (फियाक) को संयोजनमा रकम संकलन गरिएको थियो । संकलित रकममध्ये ९६० रोमानियन लेउ अर्थात ३० हजार ८८३, साथै नेपालबाट थप रु ७ हजार ५ सय गरी कुल रु ३८ हजार ३८३ परिवारलाई हस्तान्तरण गरिएको शिक्षक खड्ग कडेँलले जानकारी दिए । सहयोग रकम नेपालमै रहेका दिल बहादुर सम्बाहाम्फे मार्फत सोनि लिम्बुको परिवारलाई हस्तान्तरण गरिएको छ ।
सहयोग अभियानमा गोबिन्द सुब्बा, सन्देश आङ्देम्बे, दिल बहादुर सम्बाहाम्फे, बिस्नु फुयाल, बिपिन फुयाल, जितेन सुब्बा, पुजन योङहाङ, बिनोद आङ्देम्बे, राजेन्द्र भण्डारी र आयुस इदिङ्गो लगायतले सहयोग रकम उपलब्ध गराएका छन् । गत सेप्टेम्बर २९ तारिकका दिन रोमानियाको टेटेरानी शहरस्थित होटलमा आगलागि हुँदा सोनी र उनको साथी सुस्मिता तामाङको मृत्यु भएको थियो ।
उनीहरुलाई उद्दार गर्न खोज्दा चुलाचुली–३ की २२ बर्षिय सुमिना मगर समेत घाइते भएकी थिइन् । सोनी एक वर्षअघि रोमानिया पुगेकी थिइन् । आगलागी अघि उक्त होटलले सुरक्षाको मापदण्ड पालना नगरेको भन्दै स्थानीय प्रशासनले एकलाख रोमानियन जरिवाना लगाई बन्द गराएको थिया