Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एकीकृत समाजवादीका असन्तुष्टहरूसँग समूहगत एकता हुँदैन : ओली

एकीकृत समाजवादीका असन्तुष्टहरूसँग समूहगत एकता हुँदैन : ओली

  • सन्देश सम्बाददाता
  • आइतबार, कार्तिक १७ २०८२


एकीकृत समाजवादीका असन्तुष्टहरूसँग समूहगत एकता हुँदैन :  ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका असन्तुष्ट पक्षसँग एकता समूहगत वा पार्टीगत एकता नहुने बताएका छन्। एकीकृत समाजवादीले शुक्रबार माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीसहितका नेता असन्तुष्ट हुँदै अर्को पार्टी गठनमा लागेका छन्।

यो पंक्ति एमालेमा जाने चर्चा भइरहेका बेला शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले त्यसरी आउने समूहसँग नै एकता नहुने र कोही व्यक्ति व्यक्तिगत रूपमा आउँछन् भने स्वागत गर्न तयार रहेको बताएका हुन्। कुनै अमुक समूहसँग एकता हुँदैन। उहाँहरू ९एकीकृत समाजवादीका असन्तुष्ट० सँग मैले कुरा गरेको छु। तपाईंहरू आउनुहोस् भनेको छु। व्यक्तिगत रूपमा दस–बीसजना आए पनि व्यक्तिगत नै हुनेछ। अलग्गै समूह बनाएर समूहगत रूपमा एमाले र फलानो समूहबीचमा पार्टी एकता भयो भन्ने कुरा हुँदैन, ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने। शुक्रबार अध्यक्ष ओलीले विगतमा एमाले छाडेर गएकाहरूलाई पुरानै घर फर्कन भन्दै आह्वानसमेत गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार