Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

  • सन्देश सम्वाददाता
  • आइतबार, कार्तिक १७ २०८२


पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी तीन प्रदेशमा वर्षाको सम्भावना
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
  • कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसममा सामान्य बदली रहेको छ।
  • कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

इलाम । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया रही बाँकी प्रदेशमा आंशिक बदली छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार