Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

विराटनगर छोडेर इलाम बदमटारको कृषि फार्म रमाइरहेका निश्चल (तस्बिरहरु) 

विराटनगर छोडेर इलाम बदमटारको कृषि फार्म रमाइरहेका निश्चल (तस्बिरहरु) 

  • सन्देश सम्बाददाता
  • शनिबार, कार्तिक १६ २०८२


विराटनगर छोडेर इलाम बदमटारको कृषि फार्म रमाइरहेका निश्चल (तस्बिरहरु) 
रोङ (बदमटार) । गाउँका युवा रोजगारीका लागि देशका ठुला सहरसँगै बिदेश जाने चलन छ । तर विराटनगर नगरपालिका–१० का निस्चल पोखरेलले सहर छोडेर इलामको रोङ गाउँपालिका–२ बदमटारमा कृषि र्फाम संचालन गरि आम्दानी मात्रै लिएका छैनन्, रोजगारीका अवसर थपेका छन् ।
रोङ गाउँपालिका–२ बदमटारमा रोजगारीका लागि गाउँ छोड्ने र विदेशीनेको संख्या ठुलै छ । तर विराटनगरका निस्चल पोखरेलले बदमटार गाउँलाई नै आफ्नो रोजगारको क्षेत्र बनाएका छन् ।
विराटनगरको सहरी कोलाहल छोडेर निस्चल २०७२ सालबाट बदमटारमा बस्दै आएका हुन् । परम्परागत कृषि र पशुपालन हुँदै आएको बदमटारमा उनले गाउँलेसँग मिलेर चुनौती कृषि फार्म दर्ता गरि व्यवसायीक कृषि र पशुपालनको बाटो कोरेका छन् ।
फार्म ७४ रोपनी क्षेत्रफलमा फैलिएको छ । फार्ममा नदेवाली र पशुपालन हुदै आएको छ । बहुवर्षे नगदेवाली र पशुपालन गर्दै आएको फार्मलाई कोरोना माहामारीका कारण समस्या भएपनि अहिले सुधार भएको संचालक निस्चल पोखरेलको भनाइ छ ।
फार्ममा पशुपालनमा बाख्रा, राँगा र गाई पालन हुँदै आएको छ । कृषि उत्पादनमा सुपारी, केरा र धान खेती हुँदै आएको हो । फार्ममा अहिले ८० वटासम्म बाख्रा पालन हुँदै आएको छ । फार्मले किसानको बाख्रा खरिद गरि बजारसम्म पुर्याउँदै आएको हो । १० रोपनी बढी जग्गामा केरा खेती गरिएको छ भने सय बोटले आम्दानी दिएका छन् । जग्गा खरिद गरेरै व्यवसायीक रुपमा कृषि फार्म दर्ता गरेकाले २ करोड लगानी पुगेको हो ।
फार्ममा अहिले ४ हजार बोट सुपारी रोपिएको छ । जसमध्ये ५ सय सुपारीका बोटले आम्दानी दिन थालेका छन् । गाउँमा रोजगारीका अवसरसँगै व्यवसायीक कृषि फार्म उदाहरणिय भएपनि सडकको राम्रो व्यवस्था नभएको गुनासो आउने रोङ–२ का वडाअध्यक्ष शेखर घिमिरेले बताए ।
फार्ममा तीन जनासम्मले प्रत्यक्ष रोजगारी पाउने गरेका छन् । अवसरको खोजीमा गाउँ छोड्ने युवाका लागि सहर छोडेर गाउँ पसेका निस्चल पोखरेल एक उदाहरणिय पात्र बनेका हुन् ।
थप तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार