Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

मेची राजमार्ग र बैकल्पिक सडक समेत अवरुद्ध

मेची राजमार्ग र बैकल्पिक सडक समेत अवरुद्ध

  • सन्देश सम्वाददाता
  • शुक्रबार, कार्तिक १५ २०८२


मेची राजमार्ग र बैकल्पिक सडक समेत अवरुद्ध

इलाम । निरन्तर वर्षाका कारण मेची राजमार्ग र वैकल्पिक दुवै सडक अवरुद्ध भएका छन् । बिहीबार देखिको निरन्तर वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड र वैकल्पिक सडकको रुपमा सञ्चालन गरिएको तिल्केनी–सिमलगोलाई–शिलपुर सडकखण्ड समेत अवरुद्ध बनेको हो ।

सडकखण्डको विभिन्न स्थानमा दबिँदै, भासिँदै र चिरिँदै गएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् ।लसडकको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय इलामले आज बिहानैदेखि अर्को सूचना जारी नभएसम्मका लागि सो सडकमार्गमा सवारी सञ्चालन पूर्णरुपमा रोक लगाएको छ ।

उता मेची कोरिडोर (केचना–कञ्चनजङ्घा सडक) को बेलासेस्थित माईखोलाको पक्की पुल भाँचिएपछि गत असोज १८ देखि नै सो सडकखण्ड अवरुद्ध छ । इलाम सदरमुकामबाट झापा जोड्नै सबै सडक अवरुद्ध भएपछि इलाम र झापा क्षेत्रबीचको सडक सम्पर्क विच्छेद भएको छ । जिल्ला प्रशासनले बिहीबार साँझदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि रातको समयमा सावरीसाधन सञ्चालन नगर्न निर्देशन जारी गरेको थियो ।

गत असोज १८ गतेको अविरल वर्षापछिको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग कात्तिक १ गतेदेखि सुचारु भएको थियो । सो विपदबाट राजदुवाली, मिलगोलाई, बञ्चरेलगायत दर्जनौं स्थानमा पहिरो असेर सडक अवरुद्ध भएको थियो । सो क्षेत्रमा पहिरो पन्छाइएपनि अस्थायी रुपमा मात्रै सडक सञ्चालन गरिएको थियो ।

जल तथा मौसम विज्ञान विभाग एवम् राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण कात्तिक १३ देखि १५ गतेसम्म कोशी प्रदेशको इलामलगायत विभिन्न क्षेत्रमा मौसम प्रभावित हुने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार