Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

आज कस्तो रहला देशभरको मौसम ?

आज कस्तो रहला देशभरको मौसम ?

  • सन्देश सम्वाददाता
  • बुधबार, कार्तिक १३ २०८२


आज कस्तो रहला देशभरको मौसम ?

इलाम । देशभरको मौसम समान्यदया बदली छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भुभागमा हल्का वर्षा भइरहेको जल तथा मोसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात पनि भइरहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए। उनका अनुसार हाल देशमा पश्चिमी वायुका साथै अरव सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव छ।

यसका कारण आज दिउँसो र राति पनि देशका अधिकांश भूभागको मौसम बदली रही उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपात हुनेछ। बिहीबारदेखि नेपालमा मोन्था नामक चक्रवातको असर सुरु हुनेछ।

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारतको आन्ध्र प्रदेश हुदै नेपाल प्रवेश गर्ने क्रममा रहेको छ। महाशाखाका अनुसार बिहीबारदेखि शनिबार सम्म यसको प्रभावले वर्षा तथा हिमपात गराउँदा बाढीपहिरोको समेत जोखिम छ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ। वर्षासहितको हिमपातले बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीमा पानीको बहाब उल्लेख्य बढ्ने अनुमान गरिएको छ।

ती क्षेत्रमा सतर्कता तह आसपास पुग्न सक्ने देखिएको महाशाखाले जनाएको छ। कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स साना नदीनालामा आकस्मिक बहाव हुनसक्ने सम्भावना छ।

प्रतिक्रिया
सम्बन्धित समाचार