Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

आज सिम्ले र बोरुङ तथा सोयाक र लक्ष्मीपुर भिड्दै

आज सिम्ले र बोरुङ तथा सोयाक र लक्ष्मीपुर भिड्दै

  • सन्देश सम्वाददाता
  • आइतबार, कार्तिक १० २०८२


आज सिम्ले र बोरुङ तथा सोयाक र लक्ष्मीपुर भिड्दै

इलाम । इलाम नगरपालिका–११ सोयाकमा संचालित तेस्रो खुल्ला नक–आउट फुटबल प्रतियोगिता २०८२ मा आज पनि २ खेल हुनेछन् । प्रतियोगिताको तेश्रो दिनको पहिलो खेलमा सिम्ले स्र्पोटिङ क्लब र बोरुङ एफसी भिड्नेछन् ।

दोश्रो खेलमा सोयाक युनाइटेड र लक्ष्मीपुर एफसी सूर्योदय नगरपालिका भिड्नेछन् । नाम्दिङगो नालीफुङ्वा सन्जुम्भोको आयोजनामा संचालित प्रतियोगिताको तेश्रो प्रि–क्वाटरफाइनल खेलमा शनिबार फक्तालुङ एफसी जितपुरले एमएफसी साङरुम्बा माथि १–० गोल अन्तरको साघुरो जित दर्ता गरेको थियो ।

दोश्रो खेलमा झुल्के घाम एफसीलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै पानीटार एफसीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । दुवै टिमले निर्धारित समयमा गोलरहित बराबरी खेलेका थिए । कार्तिक १५ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिम सहभागी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार