Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिका–३ को रुङसुङ्ग गाउँमा संस्कृत शिक्षा अध्ययन ( तस्बिरहरु) 

सूर्योदय नगरपालिका–३ को रुङसुङ्ग गाउँमा संस्कृत शिक्षा अध्ययन ( तस्बिरहरु) 

  • सुजन तिमल्सिना
  • शनिबार, कार्तिक ९ २०८२


सूर्योदय नगरपालिका–३ को रुङसुङ्ग गाउँमा संस्कृत शिक्षा अध्ययन ( तस्बिरहरु) 
पशुपतिनगर (रुङ्सुङ्ग) । धार्मिक कर्मकाण्डका लागि पुरोहितको अभाव हुन थालेपछि इलाममा संस्कृत शिक्षाको संरक्षण शुरु भएको छ । पाश्चात्य संस्कृतिसँगै आधुनिकतातर्फ सबैको आकर्षण बढ्दै जान थालेपछि अध्ययन हुन छोडेको सस्कृत शिक्षा समुदायबाट अध्ययन शुरु भएको हो ।
सूर्योदय नगरपालिका– ३ को रुङसुङ्ग गाउँमा संस्कृत शिक्षा अध्ययन हुन्छ ।  पुरोहितका अभावमा जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कार समेत प्रभावित हुन थालेपछि समुदायको सकृयतामा सस्कृत शिक्षा शुरु भएको हो ।
पछिल्ला वर्षहरुमा संस्कृत शिक्षा अध्ययन गराउने विद्यालय बन्द हुँदै गएपछि धार्मिक कर्मकाण्डका लागि पुरोहितको अभाव हुन थालेको थियो । संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या पनि घट्दै गएको अवस्थामा रुङ्सुङ्गमा १० वर्ष अघिदेखि संस्कृत पाठशाला संचालनमा आएको हो ।
सिद्धेस्वरी गुरुकुल संस्कृत पाठशालामा न्युन आय भएका परिवारका सदस्यले अध्ययन गर्दै आएका छन् । पाठशालामा इलाम, पाँचथर, झापाका विद्यार्थीहरु अध्ययन गर्छन् । औपचारिक शिक्षा कक्षा ५ सम्मको मान्यता पाएको पाठशाला संचालनका लागि नेपाल महर्षी फाउण्डेसनले सहयोग गर्दै आएको छ ।
पाठशाला संचालनका लागि सूर्योदय नगरपालिकाले बार्षिक ३ लाख अनुदान प्रदान गर्छ  ।
नगरपालिका  र महर्षि फाउण्डेसनले दिएको बजेटमा स्थानीय समुदायले थप गरि पाठशाला संचालन गर्दै आएको प्रधानाध्यापक मुकुन्द सुवेदी बताए । पाठशालामा रुद्रि, चण्डी, वेद, व्याकरण र कर्मकाण्डको  शिक्षा अध्ययन हुँदै आएको हो । पाठशालामा १९ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । पाश्चात्य संस्कृतिसँगै आधुनिकतातर्फ सबैको आकर्षण बढ्दै जान थालेपछि संस्कृत शिक्षा संरक्षणको लागि पाठशाला संचालन गरिएको हो । जसका कारण जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कार गर्न सहजै पुरोहितको उपलब्ध हुनेछ ।
संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसँग मेल नखाने सोचाइका साथ युवाहरुले अध्ययनमा चासो दिँदैनन् । तर निशुल्क रुपमा संस्कृत शिक्षा अध्ययन गर्न पाएपछि यहाँका विद्यार्थी खुसि छन् । संस्कृत अध्ययन गर्नेको संख्या कम भएपछि इलाममा धार्मिक कार्य र अनुष्ठानका लागि झापा जिल्लाबाट बाह्हण बोलाउने चलन छ । खासगरी विवाहाको सिजनमा पण्डित र पुरोहितको अभाव हुने गरेको छ ।  वेद, उपनिषद्, पुराण, रुद्री लगायत ग्रन्थलाई आधार मानेर गरिने कर्मकाण्ड जन्मेदेखि मृत्युपर्यन्त आवश्यक भएकाले पुरोहितको अभाव भएको हो ।
थप तस्बिरहरु :

प्रतिक्रिया
सम्बन्धित समाचार