Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

विपत्तिको असर : सुनसान जस्तै छ पर्यटकीय क्षेत्र कन्याम (तस्बिरहरु)

विपत्तिको असर : सुनसान जस्तै छ पर्यटकीय क्षेत्र कन्याम (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • शुक्रबार, कार्तिक ८ २०८२


विपत्तिको असर :  सुनसान जस्तै छ पर्यटकीय क्षेत्र कन्याम (तस्बिरहरु)
कन्याम । पर्यटकीय सिजनमा पूर्वी नेपालकै प्रमुख पर्यटकीय क्षेत्र कन्याममा पर्यटकहरुको चहलपहलमा कमि आएको छ । अशोज १८ को वर्षातसँगै आएको बाढी पहिरोपछि इलाम संकटग्रस्त जिल्ला घोषणा भएकाले सिजनमा पनि कन्याममा आन्तरिक र बाह्य पर्यटकहरुको संख्या घटेको हो ।
कन्याम मेची राजमार्गसँगै छ । ग्रीन कार्पेटले प्रख्यात कन्याममा सिजनमा पर्यटकहरुको घुँइचो हुन्थ्यो । कन्याम क्षेत्रमा दशैँ तिहारमा आन्तरिक र बाह्य पर्यटकहरुको भिड अत्याधिक हुन्थ्यो । मुख्य राजमार्गको पहुँचमा रहेको कन्याम घुमेर फर्किन पनि भ्याइन्छ ।
सुगम क्षेत्र भएपनि धेरै पर्यटक चिसो मौसममा कन्याममा रात कटाएर  फर्कने गरेका थिए । यो बेला होटल र लजहरु खचाखच हुने गरेका थिए ।  तर अहिले पर्यटकीय सिजनमा पनि पर्यटकहरुको चाप छैन । पर्यटकहरुको चाप घट्नुको मुख्य कारण जेन्जी आन्दोलन र अशोज १८ को भारी वर्षातपछिको बाढि पहिरो ।
कन्याम घुम्न आउने मुख्य पर्यटकीय सिजन अशोज र कात्तिक हो ।
चाडवाडको लामो बिदा यही महिनामा पर्ने भएकाले पर्यटकहरुको चाप बढी हुन्थ्यो । तर यसपालि अशोज र कात्तिक महिनामा आन्तरिक र बाह्य पर्यटकको संख्या कमी रहेको होटल व्यवासीय पाण्डुराज गीरिले बताए ।
भाद्र २३ र २४ को जेन्जी आन्दोलनको प्रभावले अशोज महिनामा पर्यटकहरुको संख्या घटेको हो । कन्याम भिलेज कटेज संचालन गर्दै आएका टेकराज गिरी भन्छन्– दशैँ अघि र पछिका भारतीय पर्यटीयहरुको बुक सबै क्यान्सिल भए । त्यस अघिका बुकहरु क्सान्सिल भएकाले व्यवसायमा ठुलो धक्का लागेको छ ।
आन्दोलनपछि ८० प्रतिशत पर्यटकले होटल बुक फिर्ता लिएको व्यवसायीको भनाइ छ । देशको राजनीतिक अवस्था र शान्ति सुरक्षा राम्रो हुँदै आएका बेला कात्तिकमा पर्यटकको संख्या बढ्ने अपेक्षा गरेका होटल व्यवसायीका लागि अशोज १८ को भारी वर्षात र बाढी पहिरोले असर पार्यो ।
वर्षातपछिको बाढी पहिरोले मेची राजमार्ग पूर्ण सुचालु गर्न १२ दिनसम्म लागेकाले पर्यटकहरुले भ्रमण गर्ने योजना नै हटाएको पर्यटन व्यवसायी सोम बहादूर तमाङले बताए ।
भारतसँग सीमा जोडीएको नाका पशुपतिनगर इलाममा नै पर्ने र काँकरभिट्टा नाकाको पहुँच भएकाले भारतीय पर्यटकको चाप कन्याममा हुन्थ्यो । अहिले त्यो न्यू संख्यामा मात्रै छ । कन्याममा नेपाल भरका आन्तरिक पर्यटक आउने सिजन पनि अशोज, कात्तिक हो । तर अहिले आन्तरिक, भारतीय र तेस्रो मुलकका पर्यटकहरुको संख्या न्यून मात्रा रहेको हो । सिजनमा दैनिक दशौँ हजार पर्यटकलाई स्वागत गर्ने कन्याम अहिले चहल पहल नै नभएजस्तो छ ।
थप तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार